आईपीएल : दिल्लीलाई मुम्बईले दियो १८१ रनको लक्ष्य « Khabarhub

आईपीएल : दिल्लीलाई मुम्बईले दियो १८१ रनको लक्ष्य


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ अन्तर्गत अहिले जारी खेलमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटललाई १८१ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १८० रन बनाएको हो । मुम्बईले सुरुवात सुस्त गरे पनि अन्त्यका दुई ओभरमा आक्रमणकारी प्रदर्शन गर्दै ४८ रन बटुल्न सफल भएको थियो ।

मुम्बईका लागि सूर्यकुमार यादवले उत्कृष्ट अर्धशतक प्रहार गरे । उनले नटआउट हुँदै ४३ बलमा ७३ रनको पारी खेले । जसमा सात चौका र चार छक्का समावेश छन् । यस्तै तिलक बर्माले २७, नमन धीरले अविजित २४, रायन रिकेलटनले २५ र विल ज्याक्सले २१ रन जोडे ।

दिल्लीका मुकेश कुमारले दुई, दुश्मन्था चामेरा, कुलदीप यादव र मुस्तफिजुर रहमानले समान एक विकेट लिए । प्लेअफका लागि आजको खेल दुवै टोलीलाई जित्नै पर्ने दबाब छ ।

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  १० : ०१ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना