बिहीबार उपस्थित हुनेगरी छुटे सहसचिव तीर्थराज भट्टराई « Khabarhub

बिहीबार उपस्थित हुनेगरी छुटे सहसचिव तीर्थराज भट्टराई


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई छाडेको छ । बिहीबार बिहान आफैँ उपस्थित हुने शर्तमा उनलाई छाडिएको हो । उनको मोबाइल भने अख्तियारले आफ्नै नियन्त्रणमा राखेको बताइएको छ ।

भट्टराईलाई मंगलबार मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट गृह मन्त्रालय तानिएको थियो ।

भिजिट भिसामा दुबईलगायत मुलुक जानेबाट करोडौँ रकम असुल्ने गरेको आरोप भट्टराईलाई लागेको छ । त्यही प्रकरणमा भट्टराईलाई अख्तियारले पक्राउ गरिएको थियो ।

भट्टराई तानिएपछि विमानस्थलको अध्यागमन कार्यालयको प्रमुख अध्यागमन अधिकृतमा पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद कोइराला नियुक्त भइसकेका छन् ।

कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका महानिर्देशक रहेका भट्टराईलाई नौ महिनाअघि विमानस्थलको प्रमुख बनाइएको थियो। विमानस्थल मालदार अड्डाका रूपमा चिनिन्छ । अवैध रुपमा पैसा उठाउने कार्यालयका रुपमा विमानस्थल अध्यागमन कार्यालय बदनाम छ ।

विमानस्थलमा अनधिकृत रुपमा उठाएको पैसालाई नै लिएर यसअघि नायब सुब्बाहरूबीच विवाद भएको थियो । त्यहीक्रममा एकजना कम्प्युटर अपरेटर झगडा झिकेका थिए । त्यसपछि ती नायब सुब्बा र कम्प्युटर अधिकृतको सरुवा भइसकेको छ।

विमानस्थलबाट फिर्ता गरिएलगत्तै गृहका सहसचिव भट्टराई अख्तियारको नियन्त्रणमा

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  ११ : ०१ बजे

बाँकेमा देखिन थाल्यो डेंगु

नेपालगञ्ज- जिल्लामा डेंगुको संक्रमण देखिन थालेको छ। स्वास्थ्य कार्यालय बाँकेले

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

बाँके – जिल्लामा डेङ्गुको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य

कानुनविपरित भीभीआईपी र भीआईपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता गर्न निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले कार्यविधिविपरित अति विशिष्ट (भीभीआईपी) र विशिष्ट

‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी

तेहरान – इरानको रिभोलुसनरी गाड्र्सले शुक्रबार हर्मुज जलमार्ग हुँदै ‘अवैध

वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

काठमाडौं – काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको