‘सितारे जमिन पर’का विशेष क्षमता भएका कलाकारले भेटे शाहरुखलाई « Khabarhub

‘सितारे जमिन पर’का विशेष क्षमता भएका कलाकारले भेटे शाहरुखलाई


७ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड अभिनेता आमिर खानले विशेष क्षमता भएका व्यक्तिहरुलाई लिएर फिल्म ‘सितारे जमिन पर’ बनाएका छन् ।

यो फिल्म फरक क्षमता भएका व्यक्तिहरुको कथामा नै आधारित छ । त्यसैले उनले फिल्ममा फरक क्षमता भएकै कलाकारहरुलाई अभिनय गराएका हुन् ।

यो फिल्मको बिहीबार मुम्बईको एक फिल्म हलमा विशेष प्रिभ्यू गरिएको थियो । त्यहाँ बलिउड थुप्रै कलाकार उपस्थित थिए । तर, कार्यक्रमको मुख्य आकर्षण भने नायक शाहरुख खान बने ।

शो सकिएपछि फिल्मका कलाकारहरुलाई शाहरुखसँग भेट्ने प्रबन्ध मिलाइएको थियो । अहिले फिल्मका विशेष क्षमता भएका कलाकारहरुले शाहरुखसँग साक्षात्कार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

उक्त्त भिडियोमा शाहरुखले फरक क्षमता भएका कलाकारलाए अङ्कमाल गरेको, आत्मियाता देखाएको र उनीहरुले शाहरुखसँग तस्बिर खिचेको देख्न सकिन्छ ।

‘सितारे जमिन पर’ शुक्रबारबाट विश्वव्यापीरुपमा प्रदर्शनमा आएको छ ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  ६ : ४१ बजे

दुई वर्ष अगाडिको मिति राखेर हर्क साम्पाङले मागे सांसद बैठकमा छुट्टी

काठमाडौँ – श्रम संस्कृति पार्टीका संसदीय दलका नेता तथा प्रतिनिधिसभा

गृहमन्त्री गुरुङले गरे विमानस्थल विपद् उद्धार गणको आकस्मिक अनुगमन

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले आगामी आर्थिक वर्ष २०८३/८४ को

वर्षाले खेल रोकिएपछि पञ्जाब र कोलकाताले अंक बाँडे, पञ्जाब शीर्ष स्थानमा

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति कोलकाता नाइट

आज प्रतिनिधि सभाको बैठक : तीन वटा विधेयक प्रस्तुत हुँदै

काठमाडौँ – सङ्घीय संसद् प्रतिनिधि सभाको बैठक आज दिउँसो १

इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी- ‘परिणाम राम्रो हुनेछैन’

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम प्रस्तावमा तेहरानको