मानव अङ्ग प्रत्यारोपणको क्षेत्रमा नेपालको उपलब्धि महत्त्वपूर्ण : मन्त्री पाण्डे « Khabarhub

मानव अङ्ग प्रत्यारोपणको क्षेत्रमा नेपालको उपलब्धि महत्त्वपूर्ण : मन्त्री पाण्डे


७ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

ललितपुर– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मानव अङ्ग प्रत्यारोपणको क्षेत्रमा नेपालले प्राप्त गरेको उपलब्धि महत्त्वपूर्ण भएको बताएका छन् ।

स्यस्य समाज यल र ललितपुर महानगरपालिका– १६ को आयोजनामा शनिबार मङ्गलबजारमा भएको निःशुल्क बृहत् स्वास्थ्य शिविर एवं मस्तिष्क मृत्युपश्चात् मानव अङ्ग प्रत्यारोपण बारेमा सचेतना तथा सम्मान कार्यक्रममा मन्त्री पाण्डेले नेपाली डाक्टरहरूको अथक मेहनत, परिश्रम र लगनशीलताले विकसित देशहरूको तुलनामा मानव अङ्ग प्रत्यारोपणका क्षेत्रमा नेपालले उल्लेखनीय उपलब्धि हासिल गरेको भन्दै यो गौरवको कुरा भएको बताए ।

‘मानव अङ्ग प्रत्यारोपणका क्षेत्रमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले कीर्तिमानी कायम गरेको छ, यो हामी सबै नेपालीको लागि निकै गौरवको कुरा हो, हामीले स्वास्थ्य क्षेत्रमा जेजति उपलब्धि हासिल गरिरहेका छौँ, यसका लागि यो क्षेत्रमा क्रियाशील डाक्टरहरूको ठूलो मेहनत, परिश्रम, साधना, समर्पण जोडिएको छ, यस महत्त्वपूर्ण योगदानप्रति नेपाल सरकारबाट हार्दिक सम्मान प्रकट गर्न चाहान्छ,’ उनले भने ।

समारोहमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर पुकारचन्द्र श्रेष्ठसहित विशिष्ट व्यक्तित्वहरू उपस्थित थिए ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  ९ : २५ बजे

चीनको उच्चगतिको रेल नेटवर्कले ५० हजार किलोमिटर पार गर्‍यो

एजेन्सी– जनवादी गणतन्त्र चीनको उच्च गतिको रेल नेटवर्कले शुक्रबार नयाँ

ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी (तस्बिरहरू)

काठमाडौं– ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी मकवानपुर

आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो : सभापति देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आगामी फागुन

रायोको सागमा आज पनि भेटियो विषादी 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि राखिएको रायोको

थलापति विजयको ‘जन नायगन’ जनवरी ९ मा प्रदर्शन हुने

 काठमाडौं– दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार थलापति विजयको बहुप्रतीक्षित तमिल राजनीतिक