चितवनमा सवारी दुर्घटना, सातजनाको मृत्यु, १८ घाइते « Khabarhub

चितवनमा सवारी दुर्घटना, सातजनाको मृत्यु, १८ घाइते


७ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


645
Shares
  • change font
  • change font
  • change font

चितवन– पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको राप्ती नगरपालिकाको खहरे पुलमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । घटनामा १८ जना घाइते भएका छन् ।

चितवनका प्रहरी प्रमुख गोविन्द पुरीका अनुसार धनगढीबाट काँकडभिट्टातर्फ गइरहेको यात्रुवाहक बस र मकवानपुरबाट नारायणगढ आइरहेको विद्युतीय सवारी साधन शनिबार बिहान एकआपसमा टोक्किँदा भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको हो ।

मृत्यु भएकामध्हुये दुई जनाको मात्रै पहिचान भएको छ । जसमा मकवानपुर हटिया-३ का ५५ वर्षीय सोमप्रसाद रुपाखेती र हेटौंडा उपमहानगरपालिका- ५ की ५३ वर्षीया मैयाकुमारी न्यौपाने रहेका छन् । बाँकी छ जनाकाे सनाखत हुन सकेकाे छैन ।

घाइतेको चितवन मेडिकल कलेज, पुरानो मेडकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  १२ : १४ बजे

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण