संविधान पुनर्लेखन र प्रदेश खारेज हुनुपर्छ : रवि | Khabarhub Khabarhub

संविधान पुनर्लेखन र प्रदेश खारेज हुनुपर्छ : रवि


७ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा निर्वाचन ०७९ बाट उदाएको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलुकको संविधान पुनर्लेखन हुनुपर्ने बताएका छन् ।

संविधान संशोधनको चर्चा भइरहेका बेला सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा पुर्पक्षका लागि भैरहवा कारागारमा रहेको लामिछानेले पुनर्लेखनको एजेन्डा उठाएका हुन् ।

‘अब म रहुँला नरहुँला, तर मेरा केही सङ्कल्प छन् । भ्रष्टहरूको आर्थिक र राजनीतिक अपराधको टेको बनेको वर्तमान संविधान अब संशोधन होइन, पुनर्लेखन हुनुपर्छ,’ भैरहवा कारागारबाट जारी अपिलमा उनले लेखेका छन् ।

सभापति लामिछानेले राज्यको शासकीय स्वरूप परिवर्तन र सङ्घीयता खारेजीको कुरा पनि उठाएका छन् ।

‘संसदीय अस्थिरताबाट देशलाई मुक्त गर्न प्रत्यक्ष निर्वाचित कार्यकारीमा जानुपर्छ, प्रदेश खारेज हुनुपर्छ,’ अपिलमा भनिएको छ, ‘राष्ट्रियसभालाई चुनाव हारेका नेता र आफन्त होइन, विद्वान्‌हरूको सभा बनाउनुपर्छ । नेताहरूले खेलौना र भर्तीकेन्द्र बनाएका सबै संवैधानिक अङ्गहरूको एकसाथ पुनर्संरचना गर्नुपर्छ ।’

सहकारी ठगीको आरोप लागेका लामिछानेले सबै उच्च पदस्थहरूको सम्पत्ति छानबिन हुनुपर्ने पनि बताएका छन् । ‘सबै उच्च पदस्थको सम्पत्ति छानबिन हुनुपर्छ । २०४६ साल यताका सबै क्याबिनेटका निर्णयको पनि छानबिन हुनुपर्छ,’ अपिलमा लेखिएको छ ।

उनले दलहरूका भ्रातृ सङ्गठन खारेज हुनुपर्ने बताएका छन् । ‘दलैपिच्छेका भ्रातृ सङ्गठनलाई पूर्ण रुपमा खारेज गर्नुपर्छ । राजनीति सफा गरेर र दोस्रो चरणको आर्थिक सुधारको कार्यक्रम ल्याएर युवा रोजगारी, लगानी र उद्यमशीलतामा फड्को मार्नुपर्छ,’ उनले भनेका छन्, ‘त्यसका लागि सडक भने सडकबाट, मतपत्र भने मतपत्रबाट शान्तिपूर्ण क्रान्तिका लागि देश तयार हुनुपर्छ ।’

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  १२ : ४० बजे

विद्या भण्डारीबारे ओली- राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा फर्किन खोज्नु गम्भीर विषय

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले

ओलीसँग चर्काचर्कीपछि कर्ण थापा भन्छन्- आजीवन पद र नेतृत्वको मनोमानी स्वीकार्य छैन

काठमाडौं– नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टीमा आजीवन

एमाले पोलिटब्युरोमा पेश गरियो पार्टीको विधान संशोधन प्रस्ताव

काठमाडौं- नेकपा एमालेको पोलिटब्युरो बैठकमा पार्टीको विधान संशोधन प्रस्ताव पेश

राति नाभिमा तेल हालेर सुत्नुहोस्, हुन्छन् यस्ता फाइदा

काठमाडौं- आजको व्यस्त जीवन, खानपानको खराब बानी र तनावका कारण