योगलाई दिनचर्या बनाउन प्रधानमन्त्रीको आग्रह  « Khabarhub

योगलाई दिनचर्या बनाउन प्रधानमन्त्रीको आग्रह 


७ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

ललितपुर– प्रधानमन्त्री केपी शर्मा ओलीले योग मानव जीवनको वैज्ञानिक बहुआयामिक पक्ष भएकाले यसलाई दिनचर्या बनाउन आग्रह गरेका छन् ।

‘सिङ्गो पृथ्वी र मानव स्वास्थ्यका लागि योग’ भन्ने नाराका साथ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा आज ललितपुरमा आयोजित ११ औँ विश्व योग दिवस २०२५ लाई सम्बोधन गर्दै  प्रधानमन्त्री ओलीले योग मानव जातिको कल्याण, विश्वशान्ति, समृद्ध नेपाल, सुखी नेपाली  निर्माणका लागि नेपालले गर्ने कार्य हो भने।

‘योगका आठ वटा सूत्रहरुमध्ये अथक योग अनुशासन आवश्यक छ, आज नेपाली समाज अनुशासनबाट पीडित छ, अनुशासनबिना ध्यान हुँदैन, राम्रो कुराहरूमा स्थिरता हुनु नै योगको निष्कर्ष हो, मतिबुद्धिसहितको योग आवश्यक छ, जिम गएर ज्यानमा ठूलाठूला मसल बनाएर मात्रै हुँदैन, विवेकबिना योग हुँदैन’, प्रधानमन्त्री ओलीले भने।

प्रधानमन्त्री ओलीले हामीले योगलाई दैनिक चर्यासँग जोडेर हरेकलाई योगी बनाउन खोजेका हौँ भन्दै आरोग्यताको कुरा गर्दा खानपान, योग र आरामको सन्तुलनलाई ध्यान दिनुपर्नेमा जोड दिए।

‘पेट भर्नका लागि हैन, स्वास्थ्यका लागि विषादीरहित खानामा ध्यान दिनुपर्छ, हामीलाई डाक्टर र अस्पताल पनि चाहिन्छ, तर योग र ध्यान पनि चाहिन्छ, डाक्टर चाहिन्छ धेरै डाक्टर उत्पादन गर्छौ, तर डाक्टरको सङ्ख्या बढाउने भन्दा बढि रोगीहरूको सङ्ख्या घटाउनेमा ध्यान दिनुपर्छ, त्यसकारण निरोगी नेपाल सफल हुन्छ, म प्रधानमन्त्री हुने बित्तिकै निरोगी नेपालको नारा दिएँ, निरोगी नेपालको अर्थ रोग लाग्नै नदिने भनेको हो’, उनले भने।

उनले मानिसको जीवनमा लागू गर्नुपर्ने कुरा अहिंसा, सत्य, अनुशासन र स्वस्थ्यतासहितको खुसी  भएको बताए । 

‘आज विश्वलाई शान्ति चाहिएको छ, हिंसा होइन अहिंसा चाहिएको छ, यही कुरा हतियारधारी र अहंकारधारीहरुले बुझिदिए भने शान्ति हुन्छ, म पवित्र भावले काम गर्छु, मौका पाएका बेला देशको सेवा गर्छु, नपाएको वेला पवित्र भावना राख्छु, योगले स्वास्थ्यसँग, शरीरसँग, मनसँग र समाजसँग सम्बन्ध राख्छ । योग घरमै बसेर गर्न सकिन्छ आफू पवित्र रहनुस्, पवित्र सोच्नुस्, अरुको सम्पत्तिमा लोभ नगर्नुस्’, उनले भने ।

प्रधानमन्त्री ओलीले योग र ब्रह्मचार्य भनेको समाजले दिएको जैविक र मानवीय आवश्यकता नै पूरा नगर्ने भन्ने हैन भने । 

‘समाजको मान्यताभित्र रहेर बस्नु पर्छ, कानूनभन्दा पहिला समाजले थिति बसाएको हुन्छ, ती थितिहरुलाई मानेर समाज सुखमय हुन्छ, मुटुलाई स्वस्थ राख्न शरीरलाई चलायमान बनाउन आवश्यक छ, त्यसका लागि योग चाहिन्छ, लापरबाही जीवन बिताएर आफू खराव हुने र भगवानलाई दोष दिएर डक्टरकोमा जाने भन्दा योग र ध्यानलाई जोड दिएर खुसी जीवन विताउनेमा ध्यान दिनुपर्छ,’ ओलीले भने । 

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  १२ : ४८ बजे

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण