सुदूरपश्चिम प्रदेश सरकारद्वारा ४२ प्रतिशत बजेट खर्च | Khabarhub Khabarhub

सुदूरपश्चिम प्रदेश सरकारद्वारा ४२ प्रतिशत बजेट खर्च


७ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

अत्तरिया– सुदूरपश्चिम प्रदेश सरकारले कूल विनियोजित बजेटको ४२ दशमलव २७ प्रतिशत बजेटमात्रै खर्च गरेको छ । 

चालु आव २०८१-८२ को साउनदेखि जेठ मसान्तसम्मको ११ महिनाको अवधिमा प्रदेश सरकारले कूल विनियोजित बजेटको ४२ दशमलव २७ प्रतिशत अर्थात् रु १३ अर्ब ३३ करोड चार लाख खर्च गरेको हो ।

सो अवधिमा प्रदेश सरकारले चालुतर्फ छ अर्ब ९७ करोड दुई लाख र पुँजीगततर्फ छ अर्ब ३६ करोड दुई लाख खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख वासुदेव जोशीले जानकारी दिए। उहाँका अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयले सबैभन्दा बढी पाँच अर्ब ७९ करोड ३३ लाख बजेट खर्च गरेको छ । 

सामाजिक विकास मन्त्रालयले दुई अर्ब ८६ करोड ७३ लाख, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले रु ९९ करोड ६७ लाख र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ९२ करोड ७६ लाख खर्च गरेको उनले जानकारी दिए ।

कार्यालय प्रमुख जोशीका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले रु १६ करोड ७५ लाख, आर्थिक मामिला मन्त्रालयले रु ११ करोड ९२ लाख र आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पाँच करोड २१ लाख खर्च गरेको छ । 

त्यस्तै, प्रदेश व्यवस्थापिकाले १३ करोड ४१ लाख, प्रदेश नीति तथा योजना आयोगले दुई करोड ११ लाख र प्रदेश लोकसेवा आयोगले रु ४४ लाख खर्च गरेको उनले जानकारी दिए ।

प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेश सरकारले चालु आवका लागि कूल रु ३१ अर्ब ६२ करोड ९८ लाख बजेट विनियोजन गरेको थियो । त्यसमध्ये, चालुतर्फ १२ अर्ब ८५ करोड ७४ लाख र पुँजीगततर्फ १८ अर्ब ७६ करोड २४ लाख बजेट विनियोजन गरेको थियो ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  १ : ५९ बजे

केपीसँग चर्काचर्कीबारे वामदेवको दाबी- तपाईंलाई ढालेर माइन्युट खोस्छु, आगो लगाइदिन्छु भनेँ

काठमाडौं- नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम चार वर्ष

नेपाल हवाई सेवा प्राधिकरण विधेयकमाथि संशोधनकर्तासँग छलफल

काठमाडौं–  प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नेपाल हवाई सेवा

लागूऔषध कारोबारी खोजी गर्दा भेटिए ज्यान मुद्दाका फरार अभियुक्त

सुर्खेत– जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागूऔषधको कारोबारीको खोजी गर्दा ज्यान

बाँकेमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै

नेपालगञ्ज– उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै जान

पार्टीमा साहित्यकार र कलाकार भित्र्याउँदै प्रचण्ड 

काठमाडौं– नेकपा माओवादी केन्द्रले नेपाली कला, साहित्य र राजनीतिक क्षेत्रमा