लालीघाटमा हाट भर्न को जाला अब ? « Khabarhub

देश

लालीघाटमा हाट भर्न को जाला अब ?

सुनसान छन्‌ कर्णालीका टुनीबगर, खिड्कीज्युला, लालीघाट र जितेगडा


७ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


594
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – गाउँ गाउँमा सडक पुगेसँगै राजमार्ग छेउमा रहेका ठूला हाटबजार अहिले हराएका छन् । विगतमा कर्णाली राजमार्ग छेउमा रहेका ठूला हाटबजार अहिलेहाल हराएका हुन् ।

कुनै बेला निकै ठूलो हाटबजार रूपमा विकास भएका दैलेखका टुनीबगर बजार, खिड्कीज्युला बजार, कालीकोटको लालीघाट र जितेगडा बजार अहिले सुनसान छन् । दैलेखको टुनीबगर र खिड्कज्यूला बजारमा केही पसल बाँकी भए पनि विगतजस्तो हाटबजार रौनक छैन ।

कर्णाली करिडोर र कालीकोट–जुम्ला राजमार्ग जोड्ने संगमस्थल कालीकोटको लालीघाट बजार र जितेगडा बजार पनि अहिले सुनसान छन् । कुनै बेला हुम्ला, मुगु, बाजुरा र कालीकोट जिल्लाका बासिन्दाको प्रमुख किनमेल केन्द्रका रूपमा रहेका नरहरिनाथ गाउँपालिकाको लालीघाट बजार र खाँडाचक्र नगरपालिकामा पर्ने जितेगडा बजार अहिले छैन । त्यहाँ बजारको नामोनिसान नै देखिँदैन ।

विगतमा दैनिक करोडौँ रुपैयाँ बराबर व्यापार हुने नरहरिनाथ गाउँपालिकाको लालीघाट बजार र जितेगडा बजार अहिले पूरै खाली छन् । पहिले सडक पहुँच नहुँदा लालीघाट बजार र जितेगडा बजार हुम्ला, मुगु, बाजुरा र कालीकोट जिल्लाका प्रमुख व्यापारिक केन्द्र नै थिए ।

पुरानो जितेबजार ।

अहिले गाउँ–गाउँमा सडक पुगेपछि बजार हराएको जितेगडामा लामो समय व्यापार गरेका कालीकोट उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष तिलबहादुर शाहीले बताए ।

‘हुम्ला जाने कर्णाली राजमार्ग नखुल्दासम्म लालीघाट र जितेगडा बजार भरिभराउ हुन्थ्यो,’ उनले भने, ‘अहिले गाउँ–गाउँमा सडक पहुँच पुगेको छ । बाजुरा, मुगु हुँदै हुम्लासम्म कर्णाली राजमार्ग पुगेका कारण यी बजारमा व्यापार बन्द भयो ।’

सडक सञ्जाल विस्तार नहुँदासम्म मुख्य व्यापारिक केन्द्रका रूपमा रहेका बजारहरू लामो समय टिक्न सकेनन् । गाउँ गाउँमा सडक पुगेसँगै दैनन्दित आवश्यक सामान पनि मालगाडीले पु¥याउन थाले । सामान किन्नकै लागि पहिलेका बजार झर्नुपर्ने बाध्यता गाउँलेमा रहेन । क्रेता नै नआएपछि ती बजारमा व्यापार हुनै छाड्यो ।

पहिलेको बजारमा व्यापार नै हुन छाडेपछि आफू सुर्खेत झरेको पूर्वउपाध्यक्ष शाहीले बताए । ‘निकै चलहपहल भइरहने बजार अहिले सुनसान छ,’ उनले भने, ‘विगतका व्यापारिक केन्द्रका व्यापारीहरू अहिले कोही गाउँ फर्के, कसैले व्यवसाय नै छाडिदिए ।’

कर्णाली राजमार्ग र कालीकोट–जुम्ला राजमार्ग बनेपछि बसेका बजारले किनमेलमा सहज बनाएको र पुराना बजारमा बाढी पहिरोको उच्च जोखिम रहेकोले व्यापारीहरूले उही ठाउँमा बसेर जोखिम मोल्न नचाहेको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर विष्टले बताए ।

‘कर्णाली नदी किनारमा विकासको गतिसँगै बजार बसेका हुन्’, उनले भने, ‘नदी किनारमा बसेका हाटबजार बाढी पहिरोको जोखिममा पनि छन्, नदी किनारमै रहेको लालीघाट बजार र जितेगडा बजार त अहिले सुनसान नै भएका छन् ।’

कर्णाली र तिला नदीको दोभानमा रहेको कालिकोट शुभकालिका गाउँपालिका-१ को जितेबजार बाढीपहिरोको उच्च जोखिममा छ । तस्वीरः मिमबहादुर रावल/रासस

कर्णाली र तिला नदीको किनारमा रहेका जिते र लालीघाट बजार बाढीको उच्च जोखिममा रहेकाले अयन्त्र सरेको अध्यक्ष विष्टले बताए । ‘वि.सं. २०७३ मा बाढी पहिरोमा परी लालीघाटमा आठ जनाको ज्यान गयो’, उनले भने, ‘पहिले व्यापार राम्रो हुने भएका कारण पनि बजार सर्न मानेका थिएनन् । व्यापार कम हुँदै गएपछि बजारहरू बन्द र सुनसान भएका हुन् ।’

कर्णाली राजमार्गको खुलालुमा पुल नबन्दासम्म लालीघाट र जितेगडा बजार जोड्ने फेरी सञ्चालित थियो । हुम्ला, मुगु, जुम्ला, बाजुरा र कालीकोटका ग्रामीण सडक नबन्दासम्म बसेका बजारहरू अहिले गाउँगाउँमा सडक पुगेपछि हराएको सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष मोहनबहादुर केसीले बताए ।

‘विगतमा बजारको अर्को विकल्प नभएकाले लालीघाट र जितेगडा बजारका रूपमा विकास भएका थिए,’ उनले भने, ‘अहिले गाउँगाउँमा सडक सञ्जाल पुगेका कारण बजारहरू खण्डहरमा परिणत हुँदैछन् ।’

कालीकोट उद्योग वाणिज्य संघका अध्यक्ष रतनबहादुर शाहीले वि.सं. २०७८ सालसम्म निकै चहलपहल हुने लालीघाट र जितेगडा बजार सुनसान बन्नुमा नदी जोखिम र कम व्यापार कारण रहेको बताए । ‘व्यापार कम हुन थालेपछि त्यहाँका व्यापारीहरू अन्यन्त्र क्षेत्रमा जान थाल्नुभयो,’ उनले भने ।

सुर्खेतदेखि जुम्लासम्म २३२ किलोमिटर लामो कर्णाली राजमार्ग साँघुरो त छँदैछ, राजमार्ग आसपासका बजारमा सडक छेउमै जोडिने गरी घर बनाइँदा दुर्घटनाको जोखिम उस्तै छ ।

हरायो टुनीबगर र खिड्कीज्युलाको रौनक

कुनै बेला कर्णाली राजमार्ग अन्र्तगत सुर्खेतदेखि कालीकोटसम्म दर्जनौँ बजार थिए । यी मध्ये दैलेख जिल्लाको आठबीस नगरपालिकामा रहेको टुनीबगर बजार र खिड्कीज्युला बजारमा निकै रौनक हुन्थ्यो ।

तर, ती बजार अहिलेहाल रौनक हराइसकेको छ । विगतमा ठूला–ठूला हाटबजारका रूपमा विकसित भएका यी दुई बजारहरू अहिले सामान्य अवस्थामा रहेका छन् ।

विगतमा सडक विस्तार क्रममा सडकसँगै व्यापार सार्दै जाने व्यापारीहरू अहिले ग्रामीण सडक खुलेसँगै गाउँतिर जान थालेका छन् ।

वि.सं. २०६४ देखि २०७० सम्म टुनीबगर र खिड्कीज्युला बजार गुल्जार रहे पनि सडक विस्तारसँगै ती बजारहरू कालीकोटको लालीघाट बजार र जितेगडा सरेका थिए ।

गाउँ–गाउँमै बजार

कुनै बेला हाटबजारमा लागि टाढा–टाढासम्म पुग्ने दुर्गम तथा पहाडी जिल्लाका नागरिकहरू अहिले गाउँमै सडक पुग्न थालेपछि स्थानीय बजारमै किनमेल गर्छन् । गाउँमै बजार पुगेपछि राजमार्ग छेउछाउका बजारहरू पनि हराउन थालेका छन् ।

जिल्लाका अधिकांश ग्रामीण बस्ती अबलाई सडक सञ्जालमा जोडिएका छन् । गाउँबस्ती सडक सञ्जालमा जोडिएपछि सर्वसाधारणलाई देशका अन्य सहरसँगको पहुँचमा सहज भएको छ ।

कतिपय ग्रामीण क्षेत्रमा नयाँ–नयाँ भौतिक संरचना निर्माण हुन थालेका छन् । गाउँको स्वरूप नै फेरिन थालेको छ ।

कर्णालीका तीन स्थानीय तहमा सडक पुग्न बाँकी

कर्णालीका ७९ स्थानीय तहमध्ये तीनवटा स्थानीय तह सडक सञ्जालमा जोडिन बाँकी छ ।

डोल्पाको छार्का ताङ्सोङ र शे–फोक्सुण्डो र मुगुको मुगुमकार्मारोङ गाउँपालिकाका सडक सञ्जालमा जोडिन बाँकी छ ।

कर्णाली प्रदेश सरकारले ती तीन पालिकामा आगामी आर्थिक वर्षभित्र सडक पु¥याउने लक्ष्य राखेको छ ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  २ : २७ बजे

इरानले भन्यो : अमेरिकासँगको सम्झौतामा आइतबार हस्ताक्षर हुँदैन

काठमाडौं – इरानले अमेरिकासँगकाे प्रस्तावित शान्ति सम्झौतामा आइतबार हस्ताक्षर नहुने

अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

काठमाडौं – सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ का

भारत–नेपाल सीमापार रेल परियोजनाबारे काठमाडौंमा उच्चस्तरीय बैठक

काठमाडौं- भाररत र नेपालबीच सञ्चालनमा रहेका सीमापार रेलमार्ग परियोजनाको प्रगति

ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित

कञ्चनपुर – रोपाइँका लागि तयार गरेका धानका बेर्नामा ढुसीजन्य रोगको

भारत–नेपालबीच एआई क्षेत्रमा सहकार्यका सम्भावनाबारे अन्तरक्रिया

काठमाडौं֬– नेपालस्थित भारतीय दूतावास र नेपाल–भारत उद्योग वाणिज्य संघ (एनआईसीसीआई)