देशका विभिन्न शहरमा अन्तर्राष्ट्रिय योग दिवस, सात हजारभन्दा बढीले सामूहिक योगा गरे « Khabarhub

देशका विभिन्न शहरमा अन्तर्राष्ट्रिय योग दिवस, सात हजारभन्दा बढीले सामूहिक योगा गरे


७ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासको समन्वयमा नेपालभरका १० शहर र नगरपालिकामा ११औं अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ।

‘एक पृथ्वी, एक स्वास्थ्यको लागि योग’ भन्ने नारा अन्तर्गत आयोजित विविध कार्यक्रमहरूमा हजारौं नागरिक, सरकारी अधिकारी, विद्यार्थी, सेनाकर्मी, सांस्कृतिक अभियन्ता र भारतीय समुदायका सदस्य सहभागी थिए।

अन्तर्राष्ट्रिय योग दिवस २०२५ आउनुअघि नै भारतीय राजदूतावासले पशुपतिनाथ मन्दिर, नेपाली सेना मुख्यालय र ईसीएचएस पोलिक्लिनिकमा क्रमशः योग शुभारम्भ कार्यक्रम तथा विशेष योग सत्र सञ्चालन गरेको थियो। यस्तै, काठमाडौं उपत्यकाका ६ वटै युनेस्को विश्व सम्पदास्थलमा पनि योग आसन प्रदर्शन गरियो । जसमा नेपाली तथा भारतीय नागरिकहरूको उल्लेखनीय उपस्थित थिए ।

विद्यालयस्तरमा पनि उल्लेखनीय उपस्थिति देखियो। काठमाडौंको विद्यालयमा आयोजित कार्यक्रममा १५० भन्दा बढी विद्यार्थी सहभागी भए। ‘सात्विक आहार’ सम्बन्धी अन्तर्दृष्टिपूर्ण प्रस्तुति र भारतीय परम्परागत ज्ञानमा आधारित जीवनशैलीको प्रवर्द्धन कार्यक्रममा मुख्य आकर्षण बन्यो।

लुम्बिनीमा आयोजित योग कार्यक्रममा ५०० भन्दा बढी सहभागीले भाग लिएका थिए। कार्यक्रममा लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती र नेपालका युवा तथा खेलकुद मन्त्री तेजु लाल चौधरीको उपस्थिति रह्यो। प्रमुख अतिथिहरुले योगमार्फत भारत–नेपालबीचको सांस्कृतिक सम्बन्ध थप मजबुत भएको धारणा राखे।

पोखराको फेवा ताल किनारमा ५०० जनासँग बृहत ध्यान सत्र गरिएको थियो भने असार ७ गते पोखरा रंगशालामा आयोजित मुख्य समारोहमा ७ हजारभन्दा बढी योग अभ्यासकर्ता सहभागी थिए । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरका मेयर धनराज आचार्य र भारतीय राजदूत नवीन श्रीवास्तवले योगले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउने धारणा व्यक्त गरे।

वीरगञ्ज, जनकपुर, चितवन, हेटौँडा, रौतहट र बरियारपुरमा पनि महावाणिज्य दूतावासले योग दिवसका विविध कार्यक्रम आयोजना गरेको थियो। भारतीय राजदूतावासले योगलाई स्वास्थ्य, कल्याण र संस्कृति जोड्ने सेतुको रुपमा लिई नेपाल–भारत जनस्तरीय सम्बन्ध विस्तारमा निरन्तर योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  ६ : २९ बजे

गोकर्णेश्वरमा पितृभक्तको घुइँचो

काठमाडौं– काठमाडौँ उपत्यकाको प्रर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर वरपर

जलविद्युत् आयोजनाले बढायो वनको राजस्व

म्याग्दी– जलविद्युत् तथा प्रसारण लाइन आयोजनाले सरकारी वन क्षेत्र प्रयोग

पौवादुङमामा ‘गाईभैँसी पकेट विकास कार्यक्रम’

भोजपुर– पशुपालनमार्फत किसानलाई आत्मनिर्भरसँगै आयआर्जनमा जोड्ने उद्देश्यका साथ भोजपुरको पौवादुङमा

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्मका सुझाव

भक्तपुर–  ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा

काठमाडौं- पछिल्लो समय सूचना प्रविधि (आईटी) का परियोजनामा वैदेशिक लगानीकर्ताको