आज २०८२ साल साउन ५ गते सोमबारको राशिफल « Khabarhub

आज २०८२ साल साउन ५ गते सोमबारको राशिफल


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल साउन ५ गते सोमबार। साउन कृष्ण पक्षको एकादशी तिथि। कामीका एकादशी व्रत। तदनुसार सन् २०२५ जुलाई २१ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। मनमा सन्तोष प्राप्त हुनेछ। कुटुम्बसँगको सम्बन्ध सुमधुर बन्नेछ। राजनीतिक क्षेत्रमा ठगले सताउने भएकाले सचेत बन्नुपर्नेछ। विदेशमा गरेको लगानीबाट नाफा आर्जन हुनेछ। परिवारको साथ मिल्नेछ।  

वृष : दिन राम्रो छ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। दाम्पत्य जीवन सुखमय बित्नेछ। स्वास्थ्य र शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

मिथुन : दिन राम्रो छ। बोलीको प्रभावले राम्रो काम बन्नेछ। यात्रा सुखद् बन्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। राजनीतिक क्षेत्रमा समय र ऊर्जा खर्च नगर्नु राम्रो हुन्छ।

कर्कट : दिन राम्रो छ। व्यापारमा फाइदा हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा भने समस्या हुने जोखिम छ। ठुला व्यक्तिसँगको परामर्शले काम सहज बन्नेछ।

सिंह : दिन सामान्य छ। शिक्षाको लगानीमा ढिलासुस्ती हुनेछ। परीक्षामा थप मिहिनेत आवश्यक देखिन्छ। ठुला व्यक्तिको सुझावमा नयाँ योजना बन्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा सफलता मिल्नेछ।

कन्या : दिन राम्रो छ। आफन्तसँग भेट हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। कामको बोझ थपिने छ। राजनीतिक क्षेत्रमा पहुँच विस्तार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

तुला : दिन सामान्य रहेको छ। साथीले नै विरोध गरेको सुन्नुपर्ने हुनसक्छ। लगानीका क्षेत्रमा अवरोध हुने जोखिम छ। आफन्तले भन्दा घर बाहिरका व्यक्तिको सहयोग महत्त्वपूर्ण बन्नेछ।

वृश्चिक : दिन राम्रो छ। जागिरमा बढुवा हुनेछ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। साथीको साथ मिल्नेछ। विदेशमा गरेको गरेको लगानीबाट फाइदा हुनेछ।

धनु : दिन सामान्य छ। ठुलो काम नगर्नु राम्रो हुन्छ। स्वास्थ्यले साथ नदिँदा मनमा झन्झट बढ्नेछ। विपक्षी सक्रिय हुँदा मन अशान्त बन्ने छ। दान गरेर दिनको सुरुवात गरेमा मन शान्त बन्नेछ।

मकर : दिन राम्रो छ। राजनीतिक क्षेत्रमा साथीको साथ र सहयोग प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। शिक्षाको क्षेत्रमा लगानी गरेको भए फाइदा हुनेछ।

कुम्भ : दिन सामान्य छ। अनावश्यक यात्रामा समय र खर्च बढ्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। रोग बढ्नेछ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ।

मीन : दिन सामान्य छ। सानो कुराले झर्को बढ्नेछ। व्यापारमा साझेदारी गरेको भए नाफा हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। धार्मिक कार्यमा सहभागी भएर गरेको काम सफल बन्नेछ। 

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ५ : १२ बजे

चाडपर्वका बेला हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन

काठमाडौं- सरकारले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना