गाजामा राहत माग्नेविरुद्ध निर्मम बन्दै इजरायली सेना : एकै दिन ९३ जना मारिए « Khabarhub

गाजामा राहत माग्नेविरुद्ध निर्मम बन्दै इजरायली सेना : एकै दिन ९३ जना मारिए


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

गाजा – राहतको लागि लाइनमा बसेकामाथि इजरायली सेनाले आक्रमण गर्दा एकै दिन गाजामा कयौं मारिएका छन्। हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार धेरै बालबालिका भोकमरीकै कारण ज्यान गुमाउने अवस्थामा पुगिसकेका छन्।

गाजाको नागरिक रक्षा निकायका अनुसार आइतबार कुल ९३ जनाको ज्यान लिइएको छ। त्यस अनुसार उत्तरी गाजामा ८० जना मारिए। रफहाको राहत वितरण केन्द्र नजिकै ९ जना तथा खान युनिसमा चार जनाको ज्यान गएको हो।

संयुक्त राष्ट्र सङ्घको राहत लिए गएको सामान इजरायलको सीमा पार गरेर गाजामा जाने बित्तिकै राहतका लागि एकै पटक धेरै जनाको भीड लागेको थियो। त्यो भीडमा इजरायली सेनाले गोली प्रहार गरेको हो।

इजरायली सेनाले आफूमाथि जोखिम हुने सम्भावना देखेर गोली चलाएको बताएको छ। शनिबार मन्त्रालयले गाजामा अत्यन्त धेरै भोकमरी भएको तथा धेरै जना कुपोषणका कारण मर्ने अवस्थामा रहेको भन्दै विज्ञप्ति प्रकाशित गरेको थियो।

त्यहाँको स्वास्थ्य मन्त्रालय र गाजाले नै तत्काल राहत उपलब्ध नभएमा भोकमरीका कारण धेरै जनाको ज्यान जान सक्ने बताएका हुन्। त्यहाँ घाइते भएका धेरै जनालाई गाजा सहरको सिफा अस्पतालमा लगिएको छ।

संयुक्त राष्ट्र सङ्घको विश्व खाद्य कार्यक्रमले नागरिक माथिको यो हिसा अस्वीकार्य भन्दै निन्दा गरेको छ। गत मेदेखि हरेक दिन राहतका लागि जानेमाथि इजरायली सेना निर्मम भएर आक्रमण गर्ने क्रम जारी छ। अमेरिका र इजरायलको सहयोगमा स्थापना गरेको राहत वितरण केन्द्रमा आक्रमण भएको हो।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ६ : २८ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका