रसुवा बाढी : २८ करोड ९२ लाख बराबरको बीमा दाबी « Khabarhub

रसुवा बाढी : २८ करोड ९२ लाख बराबरको बीमा दाबी


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रसुवाको ल्हेन्देखोलामा आएको बाढीका कारण भएको क्षतिबाट उत्पन्न प्रारम्भिक बीमा दाबी २८ करोड ९२ लाख ६० हजार बराबर रहेको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार विभिन्न सात बीमा कम्पनीमा उक्त रकम बराबरको दाबी परेको हो । शिखर इन्स्योरेन्स कम्पनीमा १६ करोड १२ लाख १० हजार बराबरको १० वटा दाबी परेको छ । नेको इन्स्योरेन्समा पाँच करोड २० लाख बराबरको तीन वटा, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा तीन करोड ४१ लाख ५० हजार रुपैयाँ बराबरको सात वटा दाबी परेको छ ।

यस्तै, नेपाल इन्स्योरेन्स कम्पनीमा एक करोड २८ लाख ५० हजार बराबरको १२ वटा, सानिमा जीआइसी इन्स्योरेन्समा ७७ लाख बराबरको ६ वटा, आईजीआई प्रूडेन्सियलमा ७५ लाख ५० हजार बराबरको नौ वटा बीमा दाबीको आवेदन परेको प्राधिकरणले जनाएको छ ।

त्यसैगरी युनाइटेड अजोडमा ६८ लाख बराबरको तीन वटा, एनएलजी इन्स्योरेन्समा ४७ लाख बराबरको छ वटा, सिद्धार्थ प्रिमियरमा ३१ लाख बराबरको सात वटा बीमा दाबी परेको छ । प्राधिकरणका अनुसार कूल ६३ वटा बीमा दाबी परेको छ ।

रसुवाको ल्हेन्देखोलामा आएको बाढीका कारण नेपाल चीन जोड्ने मितेरी पुल, सीमामा अवस्थित निर्माणाधीन ड्राइपोर्ट, भन्सार कार्यालय र आसपासमा पार्किङ गरिएका सवारीसाधन बगाएको थियो ।

रसुवागढी जलविद्युत् आयोजनालगायतका अन्य भौतिक पूर्वाधारमा क्षति पुगेको थियो ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ६ : ३१ बजे

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी उत्पादन

प्रादेशिक अस्पताल भद्रपुरमा प्रसूति सेवा लिने सेवाग्राहीको चाप उच्च

झापा– झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या पछिल्लो

मल्टिस्टारर बन्ने भयो ‘द राइज अफ साम्राज्य’, विजयको पनि प्रवेश

काठमाडौँ- सौरभ चौधरीको निर्देशनमा बन्ने फिल्म ‘द राइज अफ साम्राज्य’

रघुगङ्गामा ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाले ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण