काठमाडौंको तारकेस्वरस्थित पिपलडाँडामा एक महिला झुण्डिएको अवस्थामा फेला « Khabarhub

काठमाडौंको तारकेस्वरस्थित पिपलडाँडामा एक महिला झुण्डिएको अवस्थामा फेला


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


735
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको तारकेश्वर नगरपालिका–८ पिपलडाँडा टुसालचौर खेल मैदानको बारमा एक महिला झुण्डिएको अवस्थामा फेला परेकी छिन् ।

कालो कपडा, कालो झोला र कालै जुत्ता लगाएकी ती महिला सोमबार बिहान झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले टुसालचौर खेल मैदानको बारमा झुण्डिएको अवस्थामा धादिङ ज्वालामुखी गाउँपालिका–३ घर भई हाल तारकेश्वर–४ शेषमति बस्ने २६ वर्षीय तिलमाया तामाङ मृत फेला परेको जानकारी दिए ।

पिपलडाँडा खेल मैदानमा अहिले स्थानीयको ठूलो भीड लागेको छ । प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेकाे छ ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ७ : ३३ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका