युक्रेनको ड्रोन आक्रमणले मस्को विमानस्थल बन्द « Khabarhub

युक्रेनको ड्रोन आक्रमणले मस्को विमानस्थल बन्द


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

मस्को – युक्रेनले ड्रोन आक्रमण गरेपछि मस्कोको धेरै विमानस्थलअस्थायी रूपमा बन्द भएका छन्। तत्कालका लागि धेरै उडानहरू रद्द भएका छन्।

शनिबादेखि आइतबार साँझसम्म रुसमा विभिन्न स्थानमा गरेर कुल २३० ड्रोन आक्रमण भएका छन्। युक्रेनको राजधानी किभमा नै २८ ड्रोन प्रहार भएपछि १४० उडान रद्द भएका हुन्।

रुसको नागरिक उड्डयन वाचडगका अनुसार चार वटा विमानस्थलमा सतर्कता अपनाइएको हो। यस भन्दा अघि रुसले युक्रेनमा गरेको आक्रमणमा परेर तीन जनाको ज्यान गएको थियो। २४ घण्टाको बीचमा १० पटक मस्कोको एयरपोर्ट बन्द भएको छ।

रुसको दक्षिणी क्षेत्र कालुगा प्रान्तमा पनि युरोपेली आक्रमणको असर गरेको छ। आइतबार बिहानदेखि बेलुकासम्म ४५ ड्रोन निस्तेज पारिएको पनि रुसले दाबी गरेको छ। आक्रमणको कारण रुसको हवाई यातायातमा असर गरेको यो पहिलो पटक हो। यसरी उडान बन्द हुँदा ६० हजार यात्रु प्रभावित भएको जनाइएको छ।

युक्रेनले भने रुसी आक्रमणमा कारण दुई जनाको ज्यान गएको जनाएको छ। यसरी ज्यान गुमाउने मध्य एक जना ७८ वर्षीया महिला छिन्। युक्रेनले रुसले प्रहार गरेको ५७ ड्रोन मध्य १७ वटालाई नष्ट गरिएको बताएको छ।

क्रेमलिनका प्रवक्ता डेमेट्री पेस्कोभले रुस युद्ध विरामको लागि तयार भए पनि आफ्नो लक्ष्य भने नछाड्ने बताएका छन्।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ७ : ५६ बजे

देउवा-ओलीविरुद्ध सरकारको एक्सन, अपराधिक र आर्थिक मुद्दाका दोषीमाथि निगरानी बढाइँदै

काठमाडौं– जेन-जी आन्दोलनपछि देशको सुरक्षा र राजनीतिक अवस्था नयाँ मोडमा

सांसद अधिकारीको सुझाव : सरकारले नागरिकमा गर्व र अपनत्व जगाउन काम गरोस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले नागरिकले

सरकारलाई ओरेकले भन्यो- दुर्गम क्षेत्रमा सुरक्षित मातृत्व सुनिश्चित गरौँ

काठमाडौं– महिला पुर्नस्थापना केन्द्र (ओरेक) ले नेपालमा महिलाहरूको सुरक्षित मातृत्व

मन्त्रीहरूलाई सरकारले पढायो परराष्ट्र मामिला र कूटनीति

काठमाडौं- सरकारले संघीय मन्त्रिपरिषद्का सदस्यहरूलाई परराष्ट्र मामिला र कूटनीति पढाएको

सरकारले बढायो सार्वजनिक यातायात र ढुवानीका साधनको भाडा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको एकल सरकारले सार्वजनिक यातायात तथा ढुवानीका