एमालेले छिर्न दिएन पत्रकारलाई, सडकमै तोक्यो उभिने स्थान (तस्बिरहरू) « Khabarhub

एमालेले छिर्न दिएन पत्रकारलाई, सडकमै तोक्यो उभिने स्थान (तस्बिरहरू)


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पार्टीको आगामी भदौ २० देखि २२ सम्म हुने दोस्रो विधान महाधिवेशनबारे छलफल गर्न डाकिएको नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक सोमबारदेखि च्यासलमा सुरू भएको छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा केही बेरअघिबाट बैठक सुरू भएको हो । तर एमालेले बैठकस्थल च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा प्रवेश गर्न सञ्चारकर्मी रोकिएको छ ।

बैठक हलबाहिरसमेत फोटो पत्रकारलाई जान नदिई सडककै पर्खालमा पर्चा टाँसेर स्थान तोकिएको छ । सुरक्षाका कारण भन्दै केन्द्रीय सदस्यबाहेक अरु सबैलाई सडकमै रोकिएको हो ।

फोटो पत्रकार तथा अन्य सञ्चारकर्मी सडकमै धुलो खाँदै समाचार संकलन गरिरहेका छन् । अरु बेला बैठक हल बाहिरसम्म जान दिने गरिएको थियो ।

तर आइतबार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गरेर बाहिरिने क्रममा सञ्चारकर्मीले भद्रगोल अवस्था उत्पन्न गराएका थिए ।

बोल्न भनेर तयार भएकी राष्ट्रपति सञ्चारकर्मीको हो-हल्ला र तँछाड मछाडका कारण असमञ्जसमा परेकी थिइन् । त्यसकै प्रभावस्वरूप सोमबार एमालेले केन्द्रीय कार्यालयमा छिर्न रोकिएको अनुमान गरिएको छ।

तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  १२ : ०७ बजे

विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले नेपालको राजनीतिक जीवनका विभिन्न पक्षलाई समेटेको छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘आनन्दप्रसाद पोखरेलः  विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले

‘कांग्रेस २.०’ ले महाधिवेशमा के गर्दैछ नयाँ ?

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विगतभन्दा भिन्न, भड्किलो प्रचारमुक्त

नेपाली क्रिकेटका ९ स्टारसँग एक्सट्रीमको ‘पावरफुल’ साझेदारी

काठमाडौं- नेपाली क्रिकेटको विकास, खेलाडीको प्रोत्साहन तथा युवा पुस्तामाझ खेलकुदप्रतिको

सलमानको ‘मातृभूमि’ले पायो नो अब्जेक्सन सर्टिफिकेट, नोभेम्बर १३ मा रिलिजको तयारी

काठमाडौं– बलिउड अभिनेता सलमान खानका फ्यानले लामो समयदेखि प्रतीक्षा गरिरहेको

कांग्रेस महाधिवेशन : सबै दलले गरे गगनको प्रशंसा

काठमाडौं- नेपाली कांग्रेस १५औँ महाधिवेशनको उद्घाटन सत्रमा सभापति गगन थापाको