बढी आयकर दाखिला गर्ने चार करदाता सम्मानित « Khabarhub

बढी आयकर दाखिला गर्ने चार करदाता सम्मानित


८ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- आन्तरिक राजस्व कार्यालय भद्रपुरले बढी आयकर दाखिला गर्ने चार करदातालाई सम्मान गरेको छ ।

सप्ताहव्यापी ‘राष्ट्रिय कर दिवस, २०८३’ को समापन समारोहका अवसरमा सोमबार आयोजित कार्यक्रममा उनीहरूलाई फूलमाला तथा दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

सम्मानित हुनेमा झापाबाट एनएसबी ट्रेड एण्ड सप्लायर्स, इलामबाट अन्नपूर्ण ट्रेडर्स, ताप्लेजुङबाट आशिका आयल सप्लायर्स र पाँचथरबाट श्रेष्ठ ट्रेडिङ सप्लायर्स रहेका छन् । सोही अवसरमा कार्यालयले उत्कृष्ट कर्मचारीका रूपमा नायब सुब्बा टीकाराम दाहाललाई सम्मान गरेको थियो ।

कार्यक्रमका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले इमान्दारीपूर्वक कर तिर्नु असल नागरिकको पहिचान भएको बताए । उनले भने ‘इमान्दारीपूर्वक कर तिर्नु राष्ट्रको समृद्धिमा योगदान गर्नु हो । करदातालाई सन्तुष्ट बनाएर कर सङ्कलन गर्न सक्नुपर्छ । कर न्याय छिटोछरितो हुनुपर्छ ।’

उनले सबै पक्षको साझा प्रयासबाट सुशासनयुक्त प्रशासन निर्माण गर्दै समृद्धिको यात्रामा अघि बढ्नुपर्नेमा जोड दिए । आन्तरिक राजस्व कार्यालय भद्रपुरका प्रमुख कर अधिकृत गोपालबहादुर थापाले कर राज्यले नागरिकबाट लिने अनिवार्य शुल्क मात्रै नभएर राज्य र नागरिकबीचको विश्वास, उत्तरदायित्व तथा विकास साझेदारीको महत्वपूर्ण कडी भएको बताए ।

नागरिकले आफूले तिरेको करको सही सदुपयोग भएको अनुभूति गर्न सके मात्रै कर प्रणालीप्रति विश्वास र सुशासन कायम हुने उनको भनाइ थियो । उहाँले राष्ट्रिय कर दिवसका अवसरमा कार्यालयले उत्कृष्ट करदाता सम्मान, कर शिक्षा कार्यक्रम तथा अन्तरक्रियालगायत विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गरेको जानकारी दिए ।

प्रकाशित मिति : ८ मंसिर २०८३, मंगलबार  ८ : ३८ बजे

बढी आयकर दाखिला गर्ने चार करदाता सम्मानित

झापा- आन्तरिक राजस्व कार्यालय भद्रपुरले बढी आयकर दाखिला गर्ने चार

ताप्लेजुङमा ५.६ म्याग्निच्युडको भूकम्प

काठमाडौँ– ताप्लेजुङको ओलाङचुङगोला र तिब्बतको सीमा क्षेत्र आसपासलाई केन्द्रविन्दु बनाएर

गुरु नानकको जन्मजयन्ती मनाइँदै

काठमाडौँ– विभिन्न धार्मिक तथा सामाजिक कार्यक्रम आयोजना गरी आज शिख

१०औँ राष्ट्रिय खेलकुदका खेलहरु आजदेखि हुँदै, औपचारिक उद्घाटन मंसिर १६ गते

काठमाडौँ– १०औँ राष्ट्रिय खेलकुदका खेलहरु आजदेखि सुरु हुँदैछन् । राष्ट्रिय

तरकारीखेतीले बदलिएको तेजबहादुरको जीवन

म्याग्दी– तीन दशकअघिसम्म मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका म्याग्दीको बेनी