जुम्लामा पुँजीगत खर्च ६७ प्रतिशत मात्र « Khabarhub

जुम्लामा पुँजीगत खर्च ६७ प्रतिशत मात्र


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

जुम्ला–  जुम्लाको विकासका लागि सङ्घीय सरकारले गत आर्थिक वर्ष २०८१/८२ मा विनियोजन गरेको कूल बजेटमध्ये ६७ दशमलव ९१ प्रतिशत मात्र  खर्च भएको छ । 

पुँजीगततर्फ तीन अर्ब पाँच करोड ११ लाख २७ हजार रुपैयाँ विनियोजन गरिएकामा दुई अर्ब आठ करोड १९ लाख ८५ हजार रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाका प्रमुख मीनबहादुर घर्तीमगरले जानकारी दिए  । 

यहाँका आठ वटा स्थानीय तहसहित जिल्लाका ३६ वटा सङ्घीय सरकारका मातहतका कार्यालयका लागि चालु र पुँजीगतका लागि जम्मा बजेट आठ अर्ब ६३ करोड ६० लाख बजेट विनियोजन भएको थियो ।

चालुतर्फ पाँच अर्ब ५९ करोड ४९ लाख रुपैयाँ बजेटमध्ये  पाँच अर्ब २८ करोड ८१ लाख रुपैयाँ अर्थात् ९४ दशमलव ९६ प्रतिशत बजेट चालुतर्फको खर्च भएको छ ।

पुँजीगततर्फ तीन अर्ब पाँच करोड ११ लाख २७ हजार रुपैयाँ विनियोजन बजेटमध्ये दुई अर्ब आठ करोड १९ लाख ८५ हजार रुपैयाँ अर्थात् ६७ दशमलव ९१ प्रतिशत मात्र खर्च भएको छ । 

कूल बजेटको चालु र पुँजीगत गरी सात अर्ब ३७ करोड एक लाख २५ हजार अर्थात् ८५ दशमलव २३ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाका प्रमुख घर्तीमगरले बताए । 

कूल बजेटको एक अर्ब २७ करोड ५९ लाख १७ हजार विकास बजेट खर्च नभएर फिर्ता गएको कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाले जनाएको छ । 

सङ्घीय सरकारले जिल्लाको विकासका लागि विनियोजन गरेको बजेटमध्ये सबैभन्दा बढी सघन सहरी तथा भवन आयोजना जुम्लाको बजेट धेरै फ्रिज भएको छ । 

उक्त कार्यालयलाई विनियोजित पुँजीगत बजेटतर्फ एक अर्ब ६३ करोड ७२ लाख ६४ हजारमध्ये ९० करोड ३८ लाख सात हजार अर्थात् ५४ दशमलव ६४ प्रतिशत मात्र खर्च भएको  छ । 

उक्त कार्यालयको पुँजीगततर्फ जुन बजेट खर्च हुन नसक्दा ७५ करोड दुई लाख ६९ हजार बजेट खर्च फ्रिज गएको कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाले जनाएको छ । 

सडक डिभिजन कार्यालयका लागि पुँजीगततर्फ  ७१ करोड ५५ लाख रुपैयाँ बजेटमध्ये ५६ करोड ३२ लाख १२ हजार रुपैयाँ अर्थात् ७८ दशमलव ७२ प्रतिशत बजेट खर्च भएको छ ।  

१५ करोड ४२ लाख ६३ हजार रुपैयाँ बजेट पुँजीगत तर्फको खर्च नभएर फिर्ता गएको कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाले जनाएको छ । रासस
 

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  १२ : १७ बजे

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय

धोबीखोला बस्तीमा पसेपछि बेहाल (तस्बिरहरू)

काठमाडौं – भारी वर्षाका कारण धोबीखोला उर्लिँदा चाबहिल, सरस्वतीनगर र

शिक्षामन्त्रीद्वारा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग

जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै

टोकियो – जापानमा जापानी नागरिकको जनसङ्ख्या ४२ वर्षमा पहिलो पटक

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौं – सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको