पाकिस्तानमा बाढी पहिरोका कारण २ सय जनाभन्दा धेरैको मृत्यु « Khabarhub

पाकिस्तानमा बाढी पहिरोका कारण २ सय जनाभन्दा धेरैको मृत्यु


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानमा जारी मनसुनी वर्षा र अचानक आएको बाढीका कारण हालसम्म दुई सयभन्दा बढीको मृत्यु भएको छ ।

जसमा करिब एक सय बालबालिका रहेको पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण एनडीएमएले जानकारी दिएको छ।

जसअनुसार पञ्जाब प्रान्तमा सबैभन्दा बढी १ सय २३ जनाको मृत्यु भएको छ भने यसपछि खैबर पख्तुनख्वामा ४०, सिन्धमा २१, बलुचिस्तानमा १६ र इस्लामाबाद र पाकिस्तान प्रशासित कश्मीरमा १–१ जनाको मृत्यु भएको छ ।

एनडीएमएका अनुसार भवन भत्किँदा १ सय १८, बाढीका कारण ३० जनाको मृत्यु भएको छ भने डुबेर, चट्याङ, विद्युत् करेन्ट र पहिरोका कारण पनि धेरैको मृत्यु भएको छ।

पाकिस्तानमा आएको बाढीका कारण अहिलेसम्म ५६० भन्दा बढी घाइते भएका छन् जसमा १८२ बालबालिका रहेका छन् । उनीहरू यतिखेर आश्रयस्थल र स्थानिय अस्पतालमा उपचाररत रहेका छन् ।

पाकिस्तानमा हरेक वर्ष जुनदेखिसेप्टेम्बरको बीचमा मनसुन बाढी आउँछ। जसले गर्दा ठूलो धनजनको क्षति हुँदै आएको छ ।

उता संयुक्त राष्ट्रसंघले खैबर पख्तुनख्वा र गिल्गिट–बाल्टिस्तानका पहाडी क्षेत्रमा हिमनदीको ताल फुट्ने सम्भावना रहेको चेतावनीसमेत दिएको छ । सो हिमताल फुटेमा थप क्षति हुने जनाइएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  १२ : २० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया