कालीगण्डकी ‘कोरिडोर’को म्याग्दी खण्डमा २६ किलोमिटर कालोपत्र « Khabarhub

कालीगण्डकी ‘कोरिडोर’को म्याग्दी खण्डमा २६ किलोमिटर कालोपत्र


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– चीन र भारत जोड्ने, राष्ट्रिय गौरवको कालीगण्डकी ‘करिडोर’, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दी खण्डमा २६ किलोमिटर कालोपत्र भएको छ । 

म्याग्दीको सदरमुकाम बेनीदेखि मुस्ताङको सिमानामा रहेको काभ्रेभिरसम्म ३३ किलोमिटरमध्ये २६ किलोमिटरमा कालोपत्र र ढलान भएको बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले जनाएको छ । 

योजनाका सूचना अधिकारी इन्जिनियर विष्णु चापागाँईले पहिरो र कटानको समस्या रहेको सात किलोमिटरबाहेकका ठाउँमा ढलान र कालोपत्र भएको जानकारी दिए । 

‘निर्माण कम्पनीहरूले सम्झौताअनुसार परिमाणको काम सकेकाले ठेक्का टुङ्ग्याउने तयारीमा छौँ,’ उनले भने, ‘पहिरो र कटानको समस्या भएको ठाउँमा नयाँ ठेक्का प्रक्रियाबाट सडक स्तरोन्नतिको प्रक्रिया अघि बढेको छ ।’

बेनीदेखि मुस्ताङको घाँसासम्मको सडकलाई ११ मिटर फराकिलो बनाएर डिबिएसडी प्रविधिको कालोपत्र गर्न २०७४ सालमा ठेक्का सम्झौता भएको थियो । शर्मा–युनाइटेड जेभीले ठेक्का लिएको राहुघाट–नागढुङ्गा खण्डको १९ किलोमिटर मध्ये १५ किलोमिटर कालोपत्र भएको छ । 

तिल्केनी–घुमाउनेताल–चमेरे खण्डमा थप करिब ५०० मिटर कालोपत्र गर्न तयारी अवस्थामा रहेको शर्मा–युनाइटेडका आयोजना व्यवस्थापक सुमन भट्टराईले बताए। भिओ (भेरियसन अर्डर) गर्दा सम्झौता भएको रु ६६ करोडमा २० प्रतिशत लागत बढेको छ । 

शर्मा–गजरमुखीले ठेक्का लिएको नागढुङ्गा–कैकुखोला खण्डको १६ दशमलव पाँच किलोमिटरमध्ये ११ किलोमिटर कालोपत्र र ढलान भएको निर्माण कम्पनीका आयोजना व्यवस्थापक नरेन्द्र न्यौपानेले बताए। तीन किलोमिटर मुस्ताङमा र बाँकी म्याग्दीमा पर्ने यो खण्डको ६३ करोडमा ठेक्का सम्झौता भएको थियो । 

बेनीको कालीपुलमा ८०० मिटर यसै वर्ष, बेनी–गलेश्वर दुई किलोमिटर ८०० मिटर गत वर्ष र गलेश्वरको एक किलोमिटर ३०० मिटर सडक दुई वर्षअघि कालोपत्र भएको थियो । आर्थिक वर्ष २०७३-७४ मा सुरु भएको सडक स्तरोन्नतिको काम आठ वर्षपछि सम्पन्न हुने चरणमा पुगेको हो ।

प्रतिकूल भूगोल, कोरोना महामारी, बाढीपहिरो, नदीजन्य निर्माण सामग्री र निर्माण व्यवसायीको समस्याका कारण लक्ष्यभन्दा पाँच वर्ष ढिला गरी सम्पन्न हुन लागेको अन्नपूर्ण गाउँपालिका–३ का वडाअध्यक्ष रमेश पुर्जाले बताए । 

‘पहिरो र कटान प्रभावित ठाउँमा रोकथामका साथै सडक स्तरोन्नतिका लागि छुट्टै ठेक्कामार्फत काम गराउन पहल गरेका छौँ,’ उनले भने, ‘बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा यात्रा गर्न यसअघि चारदेखि पाँच घण्टा लाग्ने गरेकामा अहिले एकै घण्टामा छोटिएको छ ।’

अन्नपूर्ण गाउँपालिका–३ रूपसे र लाटोखोला क्षेत्रको एक किलोमिटर ढलान, गुइँठे, खामभित्ता क्षेत्रको पहिरो रोकथामका लागि ठेक्का आह्वानको तयारी भएको योजना कार्यालयले जनाएको छ । विसं २०६४ मा मार्ग खुलेको यो सडकलाई ११ मिटर फराकिलो बनाएर कुना र डिलतर्फ टेवा पर्खाल, नाली निर्माण, ग्रेड तथा मोड सुधार गरिएको छ । 

म्याग्दीको राहुघाट, बेगखोला, महभिर र पोखरेबगरस्थित कालीगण्डकी, दानाको घट्टेखोलामा मोटरेबल पुल निर्माण, भुरुङखोला र रूपसेखोलामा ‘बेलिब्रिज’ जडान भएको छ । भारत र चीनलाई जोड्ने ४३५ किलोमिटर दूरीको कालीगण्डकी करिडोर सडकलाई गण्डकी प्रदेशको लाइफ लाइन ९भाग्यरेखा० मानिएको छ । 

पर्वतको मालढुङ्गाबाट म्याग्दी हुँदै मुुस्ताङस्थित चीनको सिमाना कोरलानाका जोड्ने २०२ किलोमिटर दूरीको सडक दुई लेनको कालोपत्र र ग्राभेल बनाउन विसं २०७३र७४ देखि सुरु भएको योजनाको हालसम्म करिब ९० प्रतिशत भौतिक प्रगति भएको छ । 

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  १२ : २३ बजे

सिक्लेसमा एकै महिनामा पाँच हजार ५३ पर्यटक

गण्डकी – सन् २०२६ को जनवरीमा कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा

झापामा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते

झापा – यहाँको गौरादह नगरपालिका—४ मा आज साँझ ट्र्याक्टर दुर्घटना

भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा छापा, १० जना पक्राउ

काठमाडौँ- भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा भारतीय सुरक्षाकर्मीले छापा

चितवनमा सडक जाम गरेर सभा गर्न खोज्ने तीन जना पक्राउ

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनले सडक जाम गरेर सभा

घुससहित भन्सार अधिकृत पक्राउ

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको वैदेशिक