स्वास्थ्य कार्यक्रमका लागि सिटीईभीटीले खुलायो आवेदन  | Khabarhub Khabarhub

स्वास्थ्य कार्यक्रमका लागि सिटीईभीटीले खुलायो आवेदन 


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी), परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले डिप्लोमा तथा प्रमाणपत्र तहका स्वास्थ्य कार्यक्रमहरूमा अनलाइन आवेदन खुला गरेको छ । 

सीटीईभीटीले आज सूचना प्रकाशन गरी शैक्षिक सत्र २०८२-०८३ को लागि अनलाइन आवेदन खुला गरेको हो । परीक्षा नियन्त्रण कार्यालयले साउन १९ गते भित्र नियमित शुल्क र २६ गते भित्र विलम्ब शुल्क तिरेर अनलाइन आवेदन फारम भर्न विद्यार्थीहरूलाई आग्रह गरेको छ । 

नयाँ शैक्षिक सत्रदेखि प्रवेश परीक्षा नभइ एसईईमा प्राप्त जीर्पीए र विद्यालयको प्रकारको आधारमा तय हुने अंकको योगफल अनुसार योग्यता क्रमानुसार विद्यार्थी छनोट गरिने सीटीईभीटीले जनाएको छ ।  

परिषद्ले हालै जारी गरेको ‘प्रि–डिप्लोमा र डिप्लोमा तथा प्रमाणपत्र तहमा प्रशिक्षार्थी छनोट, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका २०८२’ लागू भएसँगै यो व्यवस्था हटाइएको हो । 

निर्देशिका अनुसार अबदेखि एसईई वा एसएलसीमा प्राप्त अंकका आधारमा विद्यार्थी छनोट गरिनेछ। एसईईमा प्राप्त अंकलाई जीपीए ४ पूर्णांक मानिनेछ। 

सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई अतिरिक्त १ अंक र संस्थागत (निजी) विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई ०.८५ अङ्कका दरले योग्यता क्रम तय गरिनेछ । स्वास्थ्य तर्फका कार्यक्रमहरूको सिट सङ्ख्या चिकित्सा शिक्षा आयोग, सीटीईभीटीबाट सम्बन्धन तथा पोलिटेक्निक महाशाखाबाट प्राप्त सूचनाका आधारमा निर्धारण  गरिएको हो । 

परिषद्को ‘डिप्लोमा तथा प्रमाणपत्र तहमा प्रशिक्षार्थी छनोट, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका, २०८२’ अनुसार विद्यार्थी छनोट प्रक्रिया अघि बढाइने सूचनामा उल्लेख गरिएको छ । छनोट हुने विद्यार्थीले परिषद्का आङ्गिक, साझेदार तथा निजी शिक्षण संस्थाहरूमा स्वीकृत  २८५ वटा कलेजमा भर्ना हुन पाउने छन् । 

चिकित्सा शिक्षा आयोगको २० औँ बैठकले यस वर्ष डिप्लोमा तथा प्रमाणपत्र तहका स्वास्थ्य कार्यक्रमहरू सञ्चालन गर्न २ निजी कलेज थप गरेको छ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  १ : ०३ बजे

पार्टीको सिद्धान्तबारे जनतालाई बुझाउन सके बहुमत प्राप्त हुन्छ : देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पार्टीको सिद्धान्तबारे जनतालाई

माधव ढुंगेलको तर्क- पूर्वराष्ट्रपतिलाई चुनावबाट होइन, सर्वसम्मत अध्यक्ष बनाउनुपर्छ

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य एवम् संगठन विभाग सचिव माधव

अमेरिकाको वेल्स फार्गो बैङ्कका कर्मचारीलाई ‘आपराधिक अभियोगमा’ चीन छोड्न प्रतिबन्ध

बेइजिङ- साङ्घाईमा जन्मिएका अमेरिकी बैङ्क वेल्स फार्गोका प्रबन्ध निर्देशक चेन्यु

१२ लाख बढी चोरी गरेको आरोपमा एक जना पक्राउ

कास्की– १२ लाख भन्दा बढी नगद चोरीमा संलग्न रहेको आरोपमा

अफगानिस्तानमा बालबालिकालाई लक्षित गर्दै पोलियो खोप अभियान सुरु

काठमाडौं- अफगानिस्तानको अन्तरिम सरकार अन्तर्गतको स्वास्थ्य मन्त्रालयले देशभर पोलियो रोगको