माधव ढुंगेलको तर्क- पूर्वराष्ट्रपतिलाई चुनावबाट होइन, सर्वसम्मत अध्यक्ष बनाउनुपर्छ « Khabarhub

माधव ढुंगेलको तर्क- पूर्वराष्ट्रपतिलाई चुनावबाट होइन, सर्वसम्मत अध्यक्ष बनाउनुपर्छ


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


558
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य एवम् संगठन विभाग सचिव माधव ढुङ्गेलले एमाले जीवन्त पार्टी भएकोले छलफल, बहस र धारणा राख्न पाइने बताएका छन्।

कुनै विशेष मुभमेन्टको बेलामा पार्टी र देशको रक्षाका लागि नेतृत्वको आदेश पूर्ण पालना गरेर प्रश्न नउठाई अघि बढ्नु पर्ने भए पनि शान्त समयमा पार्टीभित्र आन्तरिक विषयमा छलफल, विचार विमर्श र बहस आवश्यक रहेको उनले बताए। अहिले पार्टीमा त्यही भइरहेको पनि उनको तर्क छ ।

ढुङ्गेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सामान्य पार्टी कार्यकर्ता नभएर राष्ट्रको अभिभावक भइसकेको पनि बताए ।

त्यसैले उनले सक्रिय राजनीतिमा आउने कुरा गर्दा सोच विचारसहित निर्णय गर्नुपर्नेमा उनले जोड दिए ।

‘एउटा साधारण पार्टी सदस्यले सदस्यता नवीकरण गर्ने विषयसँग विद्यादेवी भण्डारीको सदस्यताको विषय जोडिँदैन, त्यसैले सदस्यता नवीकरणको विषयको सुसेली हालिरहन आवश्यक छैन’, उनले भने, ‘उहाँ नेकपा एमालेको मात्रै होइन, राष्ट्रको पुँजी हो, त्यो सम्पत्तिलाई हामी कमजोर बनाउन चाहँदैनौँ ।’

विद्यादेवी भण्डारी एमालेको अभिभावक भएको बताउँदै उनले आवश्यक पर्दा पार्टीले एकमतसहित पार्टीमा ल्याएर नेतृत्व सुम्पने ढुङ्गेलले बताए ।

तर उनलाई पार्टीमा चुनाव लडाएर नेता बनाउने गरी नल्याउने ढुङ्गेलले बताए । एमालेभित्र अहिले केपी शर्मा ओलीको नेतृत्व सम्मानित रहेको ढुङ्गेलले बताए ।

उनले पार्टी नेतृत्वले छलफल गरेर भण्डारीको भूमिका निर्धारण गर्ने बताए । ‘उस्तै पर्‍यो भने ११ औँ महाधिवेशनको उद्घाटन नै उहाँले गर्नु हुन्छ कि, प्रमुख अतिथि उहाँ नै बन्नु हुन्छ कि, उहाँको मानमर्दन हुने गरी हामी पार्टीमा ल्याउनेवाला छैनौँ’, उनले भने ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ६ : २८ बजे

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राज्य अमेरिकाकी राजनीतिक मामिला

स्वास्थ्य मन्त्रालयमा थपियो ९७७ दरबन्दी

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको संगठन तथा व्यवस्थापनको

रोड टु यूएफसी : सेमिफाइनलमा रविन्द्र न्यूजिल्याण्डका कासिबसँग भिड्ने

काठमाडौं – नेपालका युवा एमएमए स्टार रविन्द्र ढाँट अब ‘रोड

वैद्यज अर्गनाइजेसनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता

काठमाडौँ । नेपालको अग्रणी अटोमोबाइल घराना वैद्यज अर्गनाइजेसन नेपालका लागि

आर्थिक गणना : दश लाख बढी व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन

काठमाडौं – राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो चरणको आर्थिक गणनाअन्तर्गत करिब