अफगानिस्तानमा बालबालिकालाई लक्षित गर्दै पोलियो खोप अभियान सुरु « Khabarhub

अफगानिस्तानमा बालबालिकालाई लक्षित गर्दै पोलियो खोप अभियान सुरु


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अफगानिस्तानको अन्तरिम सरकार अन्तर्गतको स्वास्थ्य मन्त्रालयले देशभर पोलियो रोगको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले चारदिने पोलियो खोप अभियान सुरु गरेको घोषणा गरेको छ ।

सोमबारदेखि बिहीबारसम्म सञ्चालन हुने यस अभियान अन्तर्गत देशका ३४ मध्ये १९ प्रान्तमा पाँच वर्षमुनिका करिब ७३ लाख बालबालिकालाई पोलियोविरुद्धको खोप प्रदान गरिनेछ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता शराफत जमान अमरखेलले जानकारी दिँदै भने, “संक्रामक रोगको नियन्त्रणमा स्वास्थ्य मन्त्रालय प्रतिबद्ध छ। यस अभियानमार्फत हामी देशभर पोलियो फैलिन नदिन सबै आवश्यक उपाय अपनाउँदै छौं ।”

उनले समुदायका अगुवा, धार्मिक विद्वान तथा अभिभावकहरूलाई खोप कार्यान्वयनमा पूर्ण सहकार्य गर्न आग्रह गरे। उनले थप भने, “बालबालिकाको उज्वल भविष्य सुनिश्चित गर्न हामी सबैको सहकार्य आवश्यक छ ।”

स्वास्थ्य मन्त्रालयले आम नागरिकलाई पोलियो खोप अभियानमा सक्रिय सहभागिता जनाई, स्वास्थ्यकर्मीहरूसँग सहकार्य गर्न अनुरोध गरेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ६ : १७ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा