बंगलादेशमा वायुसेनाको विमान विद्यालय भवनमा ठोक्कियो « Khabarhub

बंगलादेशमा वायुसेनाको विमान विद्यालय भवनमा ठोक्कियो


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बंगलादेशमा वायुसेनाको विमान विद्यालय भवनमा ठोक्किएर दुर्घटना भएको छ । राजधानी ढाकाको उत्तरा क्षेत्रमा बंगलादेशी वायुसेनाको एफ७ लडाकु विमान दुर्घटनामा परेको हो ।

घटना स्थानीय समयअनुसार सोमबार १ बजेर १८ मिनेट जाँदा भएको हो ।

बंगलादेशको ढाका ट्रिब्युन अनलाइनका अनुसार उक्त विमान माइलस्टोन स्कुल तथा कलेजको भवनमा ठोक्किएको हो । उक्त विमान ठोक्किएको भवनमा स–साना बालबालिका अध्ययन गर्दै आएको ढाका ट्रिब्युनले उल्लेख गरेको छ ।

यद्यपि विमान ठोक्किएका बेला भवनमा पठनपाठन भइसकेको दाबी गरिएको छ । विमान ठोक्किएको भवनमा आगलागी भएको जनाइएको छ ।

घटनामा भएको मानवीय क्षतिको विवरण भने आइसकेको छैन । हाल घटनास्थलमा उद्धारका लागि उत्तरा, टोङ्गी, पल्लबी, कुर्मितोला, मिरपुर र पूर्वाञ्चलका अग्निसेवा खटाइएको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा दुर्घटनामा परी केही व्यक्ति घाइते भएको देखाइएको छ । उनीहरुलाई उत्तरा आधुनिक अस्पताल लगिएको बताइएपनि यसको स्वतन्त्र पुष्टि भने भइसकेको छैन ।

प्रत्यक्षदर्शीले विमान एक्कासी भवनमा ठोक्किएको र ठूलो आवाज आएको जानकारी दिएका छन् । घटनापछि विद्यालय परिसरमा विद्यार्थी र शिक्षक कर्मचारीमाझ भागदौड मच्चिएको थियो ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  २ : ३२ बजे

चुनाव नलड्ने पूर्वऊर्जामन्त्री दीपक खड्काको घोषणा

काठमाडौं- पूर्वऊर्जामन्त्री एवम् नेपाली कांग्रेसका नेता दीपक खड्काले आगामी चुनाव

नागरिक उन्मुक्तिलाई नेकपामा विलय गराएकी रञ्जिता चुनाव नलड्ने, अर्कैलाई दिइन् टिकट

काठमाडौं– टीकापुर आन्दोलनबाट थारू समुदायको बलमा उदाएको नागरिक उन्मुक्ति पार्टीलाई

सेन्सीले सार्वजनिक गर्‍यो वानखेडे स्टेडियममा नेपाली टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विजेता

काठमाडौं –जापानी प्रविधिमा आधारित घरेलु उपकरण ब्रान्ड सेन्सीले भारतको मुम्बईस्थित

प्रतिनिधिसभा सदस्य निर्वाचन : मनोनयनपत्र दर्ताको तयारी पूरा

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि