दुधौलीमा एक युवकको शव भेटियो « Khabarhub

दुधौलीमा एक युवकको शव भेटियो


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

सिन्धुली– दुधौली नगरपालिका–२ लामिडाँडामा एक युवकको शव फेला परेको छ । उनको नामथर र ठेगाना खुल्न सकेको छैन । 

दुधौली–२ स्थित मधुगङ्गा महादेवको दर्शन गर्न आएका युवकको शव फेला परेको जानकारीमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए ।

 शव फेला परेको स्थानीयवासीले जानकारी दिएपछि प्रहरीले यसबारे अनुसन्धान गरिरहेको उनले बताए। दुधौली–२ का वडाअध्यक्ष रितेश राउतका अनुसार ति युवक मधुगङ्गा महादेवको दर्शन गर्न आएका थिए ।

स्थानीयवासीले घटनाबारे जानकारी दिएपछि प्रहरी उपरीक्षक लालध्वज सुवेदी नेतृत्वको टोली तथा इलाका प्रहरी कार्यालय डकाहाको टोली घटनास्थलमा गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ३ : १८ बजे

त्रिशूली–१ को सुरुङमा खोजी जारी, दुई शव निकालियो

रसुवा – रसुवास्थित माथिल्लो (अपर) त्रिशूली जलविद्युत् आयोजना–१ को सुरुङमा

कांग्रेस बैठकमा आज १७ जनाले राखे धारणा, भोलि पुनः बस्ने

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि दिउँसो

प्रधानमन्त्री बालेनले असोज ८ गते राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले असोज ८ गते संयुक्त

बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धारसँगै सडक खुलाउन मुख्यमन्त्रीको निर्देशन

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बाजुरा र बैतडी जिल्लाका

इन्जिनियर दम्पतीसहित छोराछोरी बेपत्ता, पर्खाइमा परिवार

बागलुङ– बागलुङ नगरपालिका–९ तित्याङका इन्जिनियर दम्पती राजेश शर्मा र प्रमिला