सार्वजनिक-निजी साझेदारीमा चार वटा प्रसारण लाइन बनाउन प्राधिकरणले माग्यो आशय प्रस्ताव  « Khabarhub

सार्वजनिक-निजी साझेदारीमा चार वटा प्रसारण लाइन बनाउन प्राधिकरणले माग्यो आशय प्रस्ताव 


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक–निजी साझेदारीमा चार वटा प्रसारण लाइन निर्माण गर्न आशय प्रस्ताव माग गरेको छ ।

प्राधिकरणले आइतबार न्यु खिम्ती-ढल्केबर, अरुण (हब)–इनरुवा, तिंगला–दूधकोशी–ढल्केबर र लप्सीफेदी–तिनपिप्ले प्रसारण लाइन सार्वजनिक निजी साझेदारीमा निर्माण गर्न आशय प्रस्तावको माग गरेको हो । 

 प्राधिकरणले न्यु खिम्ती–ढल्केबर चार सय केभीको हुने, लम्बाई ८० किलोमिटर हुने र अनुमानित लागत ८० मिलियन अमेरिकी डलर लाग्ने सूचनामा उल्लेख गरेको छ । 

अरुण (हब)–इनरुवा प्रसारण लाइन ९४ किलोमिटर लम्बाइको हुने र सो प्रसारण लाइन निर्माण गर्न अनुमानित लागत ८० मिलियन अमेरिकी डलर लाग्ने जनाएको छ । 

 न्यु खिम्ती–ढल्केबर र अरुण (हब) इनरुवा प्रसारण लाइनको क्षमता चार/चार सय केभी भोल्टेजको हुने जनाइएको छ । 

साथै, प्राधिकरणको सूचनाअनुसार तिंगला–दूधकोशी–ढल्केबरको लम्बाइ ११८ किलोमिटर हुने र त्यसको अनुमानित लागत १४२ मिलियन अमेरिकी डलर र लप्सीफेदी–तिनपिप्ले प्रसारण लाइनको लम्बाइ ३० किलोमिटरको हुने र अनुमानित लागत १८ मिलियन अमेरिकी डलर लाग्ने छ । 

 तिंगला–दूधकोशी–ढल्केबर र लप्सीफेदी–तिनपिप्ले प्रसारण लाइन क्रमशः ४०० र २२० केभी क्षमता हुने पनि सूचनामा उल्लेख छ । सूचनाअनुसार इच्छुक कम्पनीले ३० दिनभित्र आशय प्रस्ताव पेस गर्न सक्नेछन् ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ४ : १७ बजे

दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को, रोजगारीको खोजीमा बिदेसिँदै नेपाली

काठमाडौँ- नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा अन्य

प्रहरीका निःशुल्क बस सेवाबाट तीन हजारभन्दा बढी यात्रु लाभान्वित

काठमाडौँ- बडादसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले

पाकिस्तानका हुसेनले तलतले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौँ- पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न