सार्वजनिक-निजी साझेदारीमा चार वटा प्रसारण लाइन बनाउन प्राधिकरणले माग्यो आशय प्रस्ताव  « Khabarhub

सार्वजनिक-निजी साझेदारीमा चार वटा प्रसारण लाइन बनाउन प्राधिकरणले माग्यो आशय प्रस्ताव 


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक–निजी साझेदारीमा चार वटा प्रसारण लाइन निर्माण गर्न आशय प्रस्ताव माग गरेको छ ।

प्राधिकरणले आइतबार न्यु खिम्ती-ढल्केबर, अरुण (हब)–इनरुवा, तिंगला–दूधकोशी–ढल्केबर र लप्सीफेदी–तिनपिप्ले प्रसारण लाइन सार्वजनिक निजी साझेदारीमा निर्माण गर्न आशय प्रस्तावको माग गरेको हो । 

 प्राधिकरणले न्यु खिम्ती–ढल्केबर चार सय केभीको हुने, लम्बाई ८० किलोमिटर हुने र अनुमानित लागत ८० मिलियन अमेरिकी डलर लाग्ने सूचनामा उल्लेख गरेको छ । 

अरुण (हब)–इनरुवा प्रसारण लाइन ९४ किलोमिटर लम्बाइको हुने र सो प्रसारण लाइन निर्माण गर्न अनुमानित लागत ८० मिलियन अमेरिकी डलर लाग्ने जनाएको छ । 

 न्यु खिम्ती–ढल्केबर र अरुण (हब) इनरुवा प्रसारण लाइनको क्षमता चार/चार सय केभी भोल्टेजको हुने जनाइएको छ । 

साथै, प्राधिकरणको सूचनाअनुसार तिंगला–दूधकोशी–ढल्केबरको लम्बाइ ११८ किलोमिटर हुने र त्यसको अनुमानित लागत १४२ मिलियन अमेरिकी डलर र लप्सीफेदी–तिनपिप्ले प्रसारण लाइनको लम्बाइ ३० किलोमिटरको हुने र अनुमानित लागत १८ मिलियन अमेरिकी डलर लाग्ने छ । 

 तिंगला–दूधकोशी–ढल्केबर र लप्सीफेदी–तिनपिप्ले प्रसारण लाइन क्रमशः ४०० र २२० केभी क्षमता हुने पनि सूचनामा उल्लेख छ । सूचनाअनुसार इच्छुक कम्पनीले ३० दिनभित्र आशय प्रस्ताव पेस गर्न सक्नेछन् ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ४ : १७ बजे

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौँ । चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा

चाडवाडलगत्तै एमाले आन्दोलनमा उत्रिन्छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले चाडपर्व सकिएलगत्तै पार्टी

लेखा अधिकृत मैनालीलाई थुनामा पठाउन सर्वोच्चको आदेश

काठमाडौं । आफ्नै सहकर्मीलाई जबरजस्ती करणी गरेको आरोप लागेका लेखा

निजामती विधेयक संसद्‌मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति

काठमाडौं । सरकारले संघीय निजामती ऐनसम्बन्धी विधेयक संसद्‌मा लैजाने भएको

सर्वाेच्चमा प्रधानन्यायाधीश शर्मा र आईजीपी कार्कीबीच ४५ मिनेट भेट

काठमाडौँ । सर्वाेच्च अदालतका प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग नेपाल प्रहरीका आईजीपी