हाम्रा संस्कृति भनेका खुला संग्राहलय हुन् : मन्त्री पाण्डे  « Khabarhub

हाम्रा संस्कृति भनेका खुला संग्राहलय हुन् : मन्त्री पाण्डे 


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले प्रसिद्ध संगीतकर्मी अरुण थापाको स्मृतिमा गरिएको रचनात्मक कार्यले नेपाली समाजमा सांस्कृतिक चेतना र जागरण ल्याएको बताएका छन् ।

२६ औँ स्व अरूण मगरको स्मृति दिवसको अवसरमा स्रष्टा सम्मान एवम् बृहत् सांस्कृतिक कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले संस्कृति कुनै निर्जीव वस्तु नभई जीवनको आधार र समाजको प्राण तत्व भएको स्पष्ट पारे ।

 उनले भने, ‘संस्कृति भित्र प्राण छ। हामी खुला सङ्ग्रहालयका रूपमा बाँचिरहेका छौं। हाम्रो भाषा, रहनसहन, खानपान र सोच सबै फरक छन् तर यही विविधता हाम्रो शक्ति हो।’

मन्त्री पाण्डेले नेपालमा हाल १३१ वटा भाषाहरू बोलिने जनाउँदै अझै थप भाषा सूचीमा आउने उल्लेख गरे। उनका अनुसार अभौतिक सांस्कृतिक सम्पदाको सूचीमा सूचीकृत हुन १०५ निवेदन प्राप्त भइसकेका छन्।

‘हामी अतिथि देवो भवः भन्ने संस्कारमा विश्वास राख्छौं। अभौतिक सांस्कृतिक पक्षलाई अझ मजबुत बनाउँदै आगामी दिशा तय गर्दैछौं,’ मन्त्री पाण्डेले भने।

देउडा, कौणा र विभिन्न जातीय नृत्यहरूलाई अब मूलधारको पहिचानमा ल्याउन थालिएको मन्त्री पाण्डेको भनाइ थियो। उनले संस्कृति सम्बन्धी नीति अगाडि बढिरहेको र नीति पारित भएपछि अभौतिक सम्पदाहरूले औपचारिक मान्यता पाउने विश्वास व्यक्त गरे। 

कार्यक्रममा मगर समुदायको संस्कृतिमा योगदान पुर्‍याएका प्रेम बहादुर थापालाई विशेष रूपमा सम्मान गरिएको थियो।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ४ : ०८ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका