बङ्गलादेशद्वारा गहुँ आयातका लागि अमेरिकासँग सम्झौता « Khabarhub

बङ्गलादेशद्वारा गहुँ आयातका लागि अमेरिकासँग सम्झौता


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

ढाका– आगामी पाँच वर्षका लागि प्रतिस्पर्धी मूल्यमा अमेरिकाबाट वार्षिक सात लाख टन उच्च गुणस्तरको गहुँ आयात गर्न बङ्गलादेश र अमेरिकाबिच सम्झौता भएको छ ।

जुलाईको अन्तिम हप्तामा बङ्गलादेश र अमेरिकाबीच तेस्रो चरणको वार्ताअघि यो सम्झौतामा हस्ताक्षर भएको हो । अमेरिकाले शुल्क सम्झौतामा हस्ताक्षर गर्न निश्चित सुरक्षा सहयोग बढाउनका लागि शर्तहरू लगाएपछि दोस्रो चरणको वार्ता निर्णयविहिन भएको छ ।

यसैबीच अमेरिकाले बङ्गलादेशसँग संयुक्त सैन्य अभ्यास जारी राख्ने घोषणा गरिसकेको छ ।

गहुँ आयात गर्ने सहमति पत्रमा बङ्गलादेश सरकारको तर्फबाट खाद्य विभागका महानिर्देशक मोहम्मद अबुल हसनत हुमायूँ कबीर र संयुक्त राज्य अमेरिकाको तर्फबाट युएस गहुँ सङ्घका उपाध्यक्ष जोसेफ के सोवरले बङ्गलादेशका खाद्य सल्लाहकार अली इमाम मजुमदारको उपस्थितिमा हस्ताक्षर गरेका थिए ।

हस्ताक्षर कार्यक्रममा बोल्दै खाद्य सल्लाहकार अली इमाम मजूमदारले एमओयूले बङ्गलादेश र संयुक्त राज्य अमेरिकाबिच आपसी व्यापार सहयोगको थप क्षेत्रहरू सिर्जना गर्न र अवसरहरू सिर्जना गरी दुवै देशका जनता लाभान्वित हुने बताएका छन् ।

देशको समग्र खाद्य सुरक्षा, पोषण गुणस्तर र खाद्य आपूर्ति सुनिश्चित गर्न बङ्गलादेश र संयुक्त राज्य अमेरिकाबिच सम्झौता गरिएको बङ्गलादेशको अन्तरिम सरकारले विज्ञप्ति मार्फत जनाएको छ ।

यसअघि जुलाई ९ को समय सीमाभन्दा दुई दिन अगाडि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बङ्गलादेशलाई ३५ प्रतिशत कर लगाउने पत्र जारी गर्दै यो शुल्क अगस्ट १ देखि लागू हुने बताएका थिए ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ४ : ५१ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र