चीनमा एक अर्ब १२ करोडभन्दा बढी इन्टरनेट प्रयोगकर्ता « Khabarhub

चीनमा एक अर्ब १२ करोडभन्दा बढी इन्टरनेट प्रयोगकर्ता


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चाइना इन्टरनेट नेटवर्क इन्फर्मेसन सेन्टर सीएनएनआइसीले सोमबार सार्वजनिक गरेको एक रिपोर्ट अनुसार सन् २०२५ जुनसम्म चीनमा एक अर्ब १२ करोडभन्दा बढी इन्टरनेट प्रयोगकर्ताहरू छन् ।

सन् २०२५ जुनसम्ममा चीनमा इन्टरनेट पहुँच ७९ दशमलव सात प्रतिशत पुगेको छ । यो सन् २०२४ डिसेम्बरको तुलनामा एक दशमलव एक प्रतिशत विन्दुले वृद्धि भएको हो ।

प्रतिवेदनअनुसार १४औँ पञ्चवर्षीय योजना अवधि (२०२१–२०२५) मा चीनले इन्टरनेट विकासमा उल्लेखनीय प्रगति गरेको छ । विशेष गरी, इन्टरनेटलाई थप समावेशी बनाउने प्रयासहरूले वृद्ध र ग्रामीण बासिन्दाहरू जस्ता प्रमुख समूहहरूलाई यस प्रगतिको फाइदामा साझेदारी गर्न अनुमति दिएको छ ।

सन् २०२५ जुनसम्ममा चीनमा ६० वर्ष वा सोभन्दा माथिका १६ करोड १० लाख इन्टरनेट प्रयोगकर्ताहरू थिए र ३२ करोड २० लाख ग्रामीण क्षेत्रमा बसोबास गर्थे । यी समूहहरूमा इन्टरनेट पहुँच क्रमशः ५२ प्रतिशत र ६९ दशमलव दुई प्रतिशत पुगेको छ ।

यसैबीच, चीनमा इन्टरनेटको निरन्तर विकासले चिनियाँ संस्कृतिलाई घरेलु र अन्तर्राष्ट्रिय रूपमा प्रवद्र्धन गर्न महत्त्वपूर्ण भूमिका खेलेको चिनियाँ अनलाइन साहित्य र खेलहरूको बढ्दो निर्यातका साथसाथै लोकप्रिय वेब सिरिज र सम्बन्धित पर्यटन गन्तव्यहरू बीचको बढ्दो तालमेलको उदाहरण दिँदै प्रतिवेदनमा भनिएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ४ : ५९ बजे

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा