ओलीको चेतावनीयुक्त सम्बोधनपछि बोल्ने पालो केन्द्रीय सदस्यहरूको « Khabarhub

ओलीको चेतावनीयुक्त सम्बोधनपछि बोल्ने पालो केन्द्रीय सदस्यहरूको


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको जारी नवौँ केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरूले भनाइ राख्न सुरू गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको चेतावनीयुक्त कडा सम्बोधनपछि केन्द्रीय सदस्यहरूका लागि बोल्न समय दिन थालिएको हो ।

बैठकमा सहभागी नेताका अनुसार गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यहरूले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले राखेको विधान संसोधनबारे धारणा राख्न सुरु गरेका छन् ।

बैठकमा बोलेका केन्द्रीय सदस्यहरू राजीव पहारी, पदम गिरी, रवीन्द्र अधिकारी, सूर्य पाठक, रामशरण बस्नेत, इन्द्रलाल सापकोटा, प्रभा कोइराला, बालकृष्ण काउछा, तिलक महत, नवराज शर्मा र केदार सिग्देलले धारणा राखेका छन् ।

अहिलेसम्म धारणा राख्ने केन्द्रीय सदस्यहरूले पार्टी सचिवालय र पोलिटब्युरोबाट सर्वसम्मत निर्णय भएर आएको विधान संशोधन प्रस्तावलाई समर्थन गरेका छन् ।

केन्द्रीय सदस्य सिग्देलले राष्ट्रपति भइसकेको व्यक्ति सक्रिय राजनीतिमा फर्कनु राम्रो नभएको बताए ।

केन्द्रीय सदस्य पहारीले ११ औँ महाधिवेशनबाट पनि अध्यक्षमा केपी शर्मा ओलीलाई नै बनाउन सबै केन्द्रीय सदस्यलाई आह्वान गरे । पहारीले मिसन ०८४ अध्यक्ष ओलीको नेतृत्वमा गएर एमालेले बहुमत ल्याउनु पर्ने बताए ।

केन्द्रीय कमिटी बैठकमा आफ्नो धारणा राख्न चाहने केन्द्रीय सदस्यलाई तीन मिनेटको समय दिइएको छ । बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले दोस्रो विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनको अवधारणासहित समसामयिक विषयमा सम्बोधन गरे ।

उपाध्यक्ष एवम् विधान संशोधन समिति संयोजक विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गरे । महासचिव शंकर पोखरेलले विधान महाधिवेशनमा प्रस्तुत गरिने संगठनात्मक प्रस्तावबारे प्रकाश पारेका थिए ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ५ : २९ बजे

तनहुँ जिल्ला प्रशासनबाट तीन महिनामा ४३४ गुनासा फर्स्योट

तनहुँ– जिल्ला प्रशासन कार्यालयले तनहुँले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा

पोखरा महानगरले मुख्य सडक क्षेत्र वरपरका ‘वर्कसप’ हटाउँदै

कास्की– पोखरा महानगरपालिकाले मुख्य सडक किनारमा रहेका वर्कसप, ग्यारेजलगायत संरचना

बाढीले क्षति पुर्‍याएकाे तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

काभ्रे– जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोक गाउँपालिका–१ च्याम्राङ्गबेँसीमा रहेको तीनतले

एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै 

काठमाडौं– नेकपा एमालेले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको सन्देश देशैभर प्रवाह

दरवाङ–मुना–ढोरपाटन सडक : धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति