१२ लाख बढी चोरी गरेको आरोपमा एक जना पक्राउ « Khabarhub

१२ लाख बढी चोरी गरेको आरोपमा एक जना पक्राउ


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

कास्की– १२ लाख भन्दा बढी नगद चोरीमा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा माछापुच्छ्रे गाउँपालिका–९ घर भएका २३ वर्षीय ओम बहादुर भुजेल रहेका छन् । 

पोखरा महानगरपालिका–५ मालेपाटनस्थित दाङ भ्याली फ्रेस हाउसका संचालक संगिता भण्डारीको कोठाबाट नगद १२ लाख ३० हजार रुपैयाँ शुक्रबार राति चोरी भएको थियो ।

सो घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी उक्त कार्यमा संलग्न उनलाई पोखरा महानगरपालिका–६ डिकोपाटनबाट चोरी भएको नगद ९ लाख ९७ हजार ५ सय रुपैयाँ र मोबाइल २ थान सहित फेला पारी पक्राउ गरेको हो । 

उनी उपर जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी कसुरमा १० दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ६ : २५ बजे

संसद्को पहिलो बैठक बिहीबार बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर