होटलका कर्मचारीलाई खुकुरी हानेको आरोपमा एक जना पक्राउ « Khabarhub

होटलका कर्मचारीलाई खुकुरी हानेको आरोपमा एक जना पक्राउ


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.8k
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – सुर्खेतमा एक होटलका कर्मचारीलाई कुटपिट गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले आइतबार राति वीरेन्द्रनगर–१ का विनोद गिरीलाई पक्राउ गरेको हो ।

आइतबार पक्राउ परेका गिरीलाई सोमबार प्रहरीले सार्वजनिक गरेको छ । गिरीले शनिबार वीरेन्द्रनगर–१० मा रहेको भिजिट कर्णाली रिसोर्ट प्रालिमा काम गर्ने एक जना कर्मचारीलाई कुटपिट गरेको आरोप छ । गिरीले होटलका कर्मचारीमाथि खुकुरी र मुक्का प्रहार गरेका थिए ।

कुटपिटबाट होटलका कर्मचारीलाई गम्भीर चोट लागेको प्रहरी प्रवक्ता डीएसपी मोहनजङ्ग बुढथापाले बताए । उनका अनुसार पक्राउ परेका गिरी यसअघि पनि आपराधिक पृष्ठभूमिमा मुछिएका छन् ।

उनीमाथि २०७० मंसिर २८ गते नगद तथा जिन्सी लुटेको अभियोगमा डाँकाचोरी मुद्दा चलेको थियो । २०७० चैत २७ गते ज्यान मार्ने उद्योगमा मुद्दा चलेको थियो । २०७१ मा पनि केही सार्वजनिक अपराधमा मुद्दा चलेको प्रहरीले जनाएको छ ।

 २०७१ मा गिरीमाथि ज्यान मार्ने उद्योगमा मुद्दा चलेको थियो । २०७८ मा धारिलो हतियार खुकुरी, तरबार, खुँडा प्रहार गरी एक जनालाई ज्यान मार्ने उद्योग गरेको मुद्दा गिरीमाथि चलेको थियो । यस्तै २०८० जेठमा पनि उनीमाथि अर्को ज्यान मार्ने उद्योगमा मुद्दा चलेको थियो ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ७ : ३० बजे

भारतले पठायो थप ३५ टन राहत सामग्री

काठमाडाैं – विनाशकारी बाढीबाट प्रभावित नेपालका लागि भारतले थप ३५

पाकिस्तानको सिन्धमा सडक दुर्घटना : छ जनाको मृत्यु, १८ घाइते

पाकिस्तान – पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा ट्र्याक्टर–ट्रली बिजुलीको पोलमा ठोक्किँदा

केरुङमा पुनर्स्थापना तीव्र : पहिरो प्रभावितहरू फर्किन थाले घर

काठमाडौं- चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङ (ग्यिरोङ) क्षेत्रमा पहिरो प्रभावित

रविको दुःख : अराजक बनेका रास्वपा कार्यकर्तालाई निर्देशन दिन संसद्‌कै मञ्चमा पुग्नु पर्‍यो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद्