होटलका कर्मचारीलाई खुकुरी हानेको आरोपमा एक जना पक्राउ | Khabarhub Khabarhub

होटलका कर्मचारीलाई खुकुरी हानेको आरोपमा एक जना पक्राउ


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.8k
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – सुर्खेतमा एक होटलका कर्मचारीलाई कुटपिट गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले आइतबार राति वीरेन्द्रनगर–१ का विनोद गिरीलाई पक्राउ गरेको हो ।

आइतबार पक्राउ परेका गिरीलाई सोमबार प्रहरीले सार्वजनिक गरेको छ । गिरीले शनिबार वीरेन्द्रनगर–१० मा रहेको भिजिट कर्णाली रिसोर्ट प्रालिमा काम गर्ने एक जना कर्मचारीलाई कुटपिट गरेको आरोप छ । गिरीले होटलका कर्मचारीमाथि खुकुरी र मुक्का प्रहार गरेका थिए ।

कुटपिटबाट होटलका कर्मचारीलाई गम्भीर चोट लागेको प्रहरी प्रवक्ता डीएसपी मोहनजङ्ग बुढथापाले बताए । उनका अनुसार पक्राउ परेका गिरी यसअघि पनि आपराधिक पृष्ठभूमिमा मुछिएका छन् ।

उनीमाथि २०७० मंसिर २८ गते नगद तथा जिन्सी लुटेको अभियोगमा डाँकाचोरी मुद्दा चलेको थियो । २०७० चैत २७ गते ज्यान मार्ने उद्योगमा मुद्दा चलेको थियो । २०७१ मा पनि केही सार्वजनिक अपराधमा मुद्दा चलेको प्रहरीले जनाएको छ ।

 २०७१ मा गिरीमाथि ज्यान मार्ने उद्योगमा मुद्दा चलेको थियो । २०७८ मा धारिलो हतियार खुकुरी, तरबार, खुँडा प्रहार गरी एक जनालाई ज्यान मार्ने उद्योग गरेको मुद्दा गिरीमाथि चलेको थियो । यस्तै २०८० जेठमा पनि उनीमाथि अर्को ज्यान मार्ने उद्योगमा मुद्दा चलेको थियो ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ७ : ३० बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित