पौडी खेल्ने गएका किशोरको डुबेर मृत्यु « Khabarhub

पौडी खेल्ने गएका किशोरको डुबेर मृत्यु


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

 भरतपुर– नारायणी नदीमा पौडी खेल्न गएका एक किशोरको डुबेर मृत्यु भएको छ । आज ३ः३० बजेको समयमा भरतपुर महानगरपालिका–१६ गणेश मन्दिर नजिकै नारायणी नदीको छेउमा जमेको पानीमा पौडी खेल्न गएका भरतपुर–१५ सूर्यनगरका १५ वर्षीय किशोर मेक्सन पुन मगरको डुबेर मृत्यु भएको हो ।

 उनीसहित पाँच जना साथीहरू पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका उनको वडा प्रहरी कार्यालय नारायणगढको विपद् व्यवस्थापनसहितको टोलीले उद्धार गरेर उपचारका लागि भरतपुर अस्पताल पुर्‍याएको थियो । 

मगरलाई भरतपुर अस्पताल ल्याएलगत्तै चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरीका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए । 

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ८ : ०४ बजे

हाम्रो पार्टी रास्वपापछिको बलियो राजनीतिक विकल्पका रूपमा हेरिँदै छ : ध्रुवराज राई

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले आफ्नो दललाई राष्ट्रिय

प्रधानमन्त्री राष्ट्रसंघमा जान तयार : सरकारले थाल्यो तयारी, भोटेकोशी बाढी र जलवायु परिवर्तन मुख्य मुद्दा

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन जाने

बाढीपीडितलाई पूर्व प्रधानन्यायाधीश श्रेष्ठद्वारा राहत वितरण : जलवायु न्यायका लागि विश्वसँग आवाज उठाउनुपर्नेमा जोड

नुवाकोट– भोटेकोशी नदीको बाढीबाट प्रभावित भई ज्यान गुमाएका तथा विस्थापित भएका

हिजबुल्लाहको ड्रोन आक्रमणपछि दक्षिणी लेबनानमा इजरायलको जवाफी कारबाही

बेरुत- हिजबुल्लाहले आफ्ना सैनिकहरूलाई लक्षित गरी ड्रोन प्रहार गरेपछि इजरायली

विदेशबाट बाढी पीडितलाई सहयोग दिनेका लागि छुट्टै खाता चलाउन निर्देशन

काठमाडौं- सरकारले विदेशस्थित नेपाली नियोगहरूलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा