बङ्गलादेशको ढाकामा लडाकु विमान दुर्घटना, १६ जनाको मृत्यु « Khabarhub

बङ्गलादेशको ढाकामा लडाकु विमान दुर्घटना, १६ जनाको मृत्यु


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

ढाका – बङ्गलादेशको राजधानी ढाकामा सोमबार एक लडाकु विमान विद्यालय परिसरमा खस्दा कम्तीमा १६ जनाको मृत्यु भएको छ । मृतकमध्ये धेरैजसो विद्यार्थी रहेका छन् । यो विगत केही दशक यताकै सबैभन्दा गम्भीर विमान दुर्घटना हो ।

चिनियाँ निर्मित एफ–७ बीजेआई (एफ–७ बीजेआई) लडाकु विमान दिउँसो १ः०६ बजे प्रशिक्षणका लागि उडेपछि केही समयमै ढाकास्थित मिलस्टोन स्कूल एन्ड कलेजको क्याम्पसमा दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनामा १०० भन्दा बढी व्यक्ति घाइते भएका छन्, जसमध्ये ८३ जना विभिन्न अस्पतालहरूमा उपचाररत छन् । घटनास्थलमा तत्कालै उद्धार कार्य सुरू गरिएको थियो र आगलागी नियन्त्रणमा लिन सुरक्षाकर्मी तथा दमकलकर्मीहरूले अथक प्रयास गरेका थिए ।

एक जना विद्यार्थी शफिउर रहमान शफीले भने,“हामी खेलमैदानमा थियौं । अचानक ठूलो आवाज आयो, जमिन काम्पियो, अनि विमान खसेको थाहा पाइयो । त्यसपछि आगो लाग्यो र केहीबेरमै सेना आइपुगे ।”

सरकारले मंगलबारलाई राष्ट्रिय शोक दिवस घोषणा गरेको छ । घाइतेहरूको उपचार भइरहेको छ भने मृतक विद्यार्थीहरूको परिवारजना अहिले गहिरो शोकमा छन् । अभिभावकहरूले अस्पताल पुगेर आफ्ना बालबालिकाको पहिचान गर्न प्रयास गरिरहेका छन् ।

अन्तरिम प्रधानमन्त्री मुहम्मद युनुसले एक सन्देशमार्फत घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै लेखेका छन्,“वायुसेना, विद्यार्थी, शिक्षक, अभिभावक र मिलस्टोन स्कुलका कर्मचारीहरूमाथि परेको यो क्षति अपूरणीय छ । यो सम्पूर्ण राष्ट्रका लागि अत्यन्त पीडादायक क्षण हो ।”

बंगलादेशमा यसअघिको सबैभन्दा ठूलो विमान दुर्घटना सन् १९८४ मा भएको थियो, जसमा ४९ जनाको ज्यान गएको थियो ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ८ : १२ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया