साफ महिला यू–२० च्याम्पियनसिप: नेपाललाई हराउँदै बंगलादेशले जित्यो उपाधि « Khabarhub

साफ महिला यू–२० च्याम्पियनसिप: नेपाललाई हराउँदै बंगलादेशले जित्यो उपाधि


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


672
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सागोरिकाको ह्याट्रिक गोलमा बंगलादेशले साफ महिला यू–२० च्याम्पियनसिपको उपाधि जितेको छ । तीन खेलको प्रतिबन्ध पूरा गरी फर्किएकी सागोरिका एक्लैले चार गोल गरेपछि बंगलादेशले उपाधि रक्ष गरेको हो ।

सोमबार ढाकास्थित बसुन्धरा किङ्स एरेनामा सम्पन्न लिगको अन्तिम खेलमा बंगलादेशले नेपाललाई ४–० ले पराजित गर्यो । ६ खेलमा लगातार जित निकाल्दै उसले १८ अंक बटुल्यो।

दोस्रो स्थानमा रहको नेपालले भने समान खेलबाट १२ अंक मात्रै जोड्न सक्यो। प्रतियोगितामा नेपाल बंगलादेशसँग दोस्रोपल्ट पराजित भयो। पहिलो खेलमा इन्जुरी समयमा गोल गर्दै बंगलादेशले ३–२ को नाटकीय जित निकालेको थियो।

पछिल्लो वर्ष पनि च्याम्पियन बनेको बंगलादेशको उमेर समूहको यो पाँचौं उपाधि हो। सन् २०२३ मा पनि उसैले उपाधि उचालेको थियो।

सागोरिकाले खेलको आठौं मिनेटमै थ्रु बलमा गोलकिपर सुजता तामाङलाई बिट गर्दै गोल गरिन्। पहिलो हाफ १–० को अग्रतामा सकियो। दोस्रो हाफमा उनले अझ आक्रामक रूप लिइन्।

५२औं मिनेटमा सिम्रन र सुजतालाई छलेर दोस्रो गोल गरिन्। ५८औं मिनेटमा डिफेन्स गल्तीको फाइदा उठाउँदै ह्याट्रिक पूरा गरिन्। त्यही ऊर्जा लिएर उनले ७८औं मिनेटमा चौथो गोल थपिन् — मुन्की अक्तरको पासमा सिम्रनलाई बिट गर्दै उनले सुजताको सामुन्नेबाट सजिलो गोल गरिन्।

यही सागोरिका गत जुलाई १३ मा नेपालसँगको खेलमा विवादित थिइन्। नेपाली डिफेन्डर सिम्रन राईसँगको झगडापछि रेफ्रीले दुवैलाई रातो कार्ड देखाएका थिए। दक्षिण एसियाली फुटबल महासंघ ९साफ० ले दुवैलाई तीन खेलको प्रतिबन्धसहित ५०० अमेरिकी डलर जरिवाना गराएको थियो।

तर, प्रतिबन्धपछि फर्केकी सागोरिकाले मैदानमा पुनः आफ्नो प्रभाव जमाउँदै बंगलादेशलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरिन्।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ८ : ५२ बजे

हाम्रो पार्टी रास्वपापछिको बलियो राजनीतिक विकल्पका रूपमा हेरिँदै छ : ध्रुवराज राई

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले आफ्नो दललाई राष्ट्रिय

प्रधानमन्त्री राष्ट्रसंघमा जान तयार : सरकारले थाल्यो तयारी, भोटेकोशी बाढी र जलवायु परिवर्तन मुख्य मुद्दा

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन जाने

बाढीपीडितलाई पूर्व प्रधानन्यायाधीश श्रेष्ठद्वारा राहत वितरण : जलवायु न्यायका लागि विश्वसँग आवाज उठाउनुपर्नेमा जोड

नुवाकोट– भोटेकोशी नदीको बाढीबाट प्रभावित भई ज्यान गुमाएका तथा विस्थापित भएका

हिजबुल्लाहको ड्रोन आक्रमणपछि दक्षिणी लेबनानमा इजरायलको जवाफी कारबाही

बेरुत- हिजबुल्लाहले आफ्ना सैनिकहरूलाई लक्षित गरी ड्रोन प्रहार गरेपछि इजरायली

विदेशबाट बाढी पीडितलाई सहयोग दिनेका लागि छुट्टै खाता चलाउन निर्देशन

काठमाडौं- सरकारले विदेशस्थित नेपाली नियोगहरूलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा