शिक्षा सुधारको सूत्र : शिक्षकका दलीय संघ, संगठन बन्द गरौँ | Khabarhub Khabarhub

शिक्षा सुधारको सूत्र : शिक्षकका दलीय संघ, संगठन बन्द गरौँ



संसारकै प्रथम शिक्षक मानिने चिनिया दार्शनिक कन्फ्युसियसले उच्च र खानदानी बर्गका मानिसलाई शिक्षा दिने निजी शिक्षकको काम गर्दै केही समय पश्चात् आमनागरिकलाई प्रशिक्षित गर्दै अघि बढेको शैक्षिक इतिहासदेखि वर्तमान शिक्षाको अवस्थामा ठूलो सफलता र परिवर्तन आएको छ।

नेपालको परिप्रेक्ष्यमा निरुङ्कुश राणा शासनदेखि हालसम्मको इतिहास नियाल्दा संख्यात्मक रुपमा शैक्षिक संस्थाहरु बढे पनि देश र परिस्थितिले मागे अनुरुपको जनशक्ति उत्पादन हुन सकेको छैन्।साक्षरताको दर ७७.४ भनिए पनि शिक्षितहरुको ज्ञान र उपलब्धीलाई गहन रुपमा अध्ययन गर्ने हो भने हामी कहालीलाग्दो परिस्थितिबाट गुज्रिरहेका छौं।

देशमा अत्यावश्यक साथै सामान्य बस्तुहरुको उत्पादन र यिनीहरुको सही प्रयोग गर्ने हामीमा हैसियत छैन। कसैले नयाँ कामको प्रयास वा खोज अनुसन्धान गर्न थाल्यो भने उल्टै त्यस्ता व्यक्तिलाई नकारात्मक टिप्पणी, हतोत्साह, मिडियाबाजी गर्ने प्रवृत्ति हावी छ। देशमा शिक्षाको चेतनास्तरको कमीका कारण जताततै अल्छीपन र निराशापनले जरो गाडेको छ।

वास्तवमा ज्ञान भनेको तरिका हो। यसलाई कहाँ, कसरी प्रयोग गर्ने भन्ने “विवेक” आउनु नै “बुद्धि” हो। तर पछिल्लो समय कागजी प्रमाणपत्रधारीहरुको संख्या उल्लेख्य बढे पनि यसबाट प्राप्त ज्ञान र बुद्धिको भिन्नता छुट्याउने, यसको उपयोग कहाँ र कसरी गर्ने भन्नेमा अनभिज्ञता देखिन्छ।

गरिबी र अशिक्षाले जकडिएको हाम्रो देश तात्कालीन माओवादी र सरकारबीचको द्वन्द्वकाल अगाडि नयाँ प्रविधि र विशेषज्ञहरुको अभावमा रुमल्लिरहेको थियो। द्वन्द्वकालको अवधिमा त झन् आफ्नो ज्यानको सुरक्षाका कारण विद्यार्थी, विद्यालय तथा विश्वविद्यालय जानसक्ने अवस्था नै थिएन।

गरिबी र अशिक्षाले जकडिएको हाम्रो देश तात्कालीन माओवादी र सरकारबीचको द्वन्द्वकाल अगाडि नयाँ प्रविधि र विशेषज्ञहरुको अभावमा रुमल्लिरहेको थियो। द्वन्द्वकालको अवधिमा त झन् आफ्नो ज्यानको सुरक्षाका कारण विद्यार्थी, विद्यालय तथा विश्वविद्यालय जानसक्ने अवस्था नै थिएन। यसैगरी २०७२ सालको महाभूकम्प र कोभिडजस्ता विपत्तिले शिक्षामा अकल्पनीय प्रभाव पा-यो। यस्ता विविध व्यवधानका बाबजुद् देशको जीर्ण शैक्षिक अवस्थालाई माथि उकास्न सकिने प्रशस्त आधार रहँदै आएको छ।

यसले गर्दा राजनीतिक अस्थिरताको कारण उत्पन्न जटिलतालाई सुक्ष्म अध्ययन गरी त्यसको निराकरणको लागि जोडदार खट्नु पर्नेमा नीति निर्माता तथा शिक्षाको बागडोर सम्हालेकाहरु आफ्नो व्यक्तिगत लाभको लागि राजनीतिज्ञ सामु घुँडा टेक्न पुगे। फलस्वरुप विश्वका राम्रा हजार विश्वविद्यालयमध्ये देशकै प्रतिष्ठित त्रिभुवन विश्वविद्यालय नपर्नुले हाम्रो देशको शैक्षिक गुणस्तर र उत्पादन परिणाम स्वयं तथ्यले प्रष्ट पारेको छ।

सुन्दा वा पढ्दा नराम्रो लागे पनि देशको शिक्षाबाट सकारात्मक, रचनात्मक र परिणाममुखी समाज बनेको छैन। बरु सबैमा स्वयंवाद, ढाँट्ने, छल्ने, भ्रष्टाचार गर्ने र छिटो धनी हुने होड चलेको छ। पानीको मुहान धमिलो भएपछि जहाँतहीँ पूर्णरुपमा धमिलो हुन्छ भने झैँ प्रश्न उठेको छ- कतै हामै्र शिक्षक बर्गको शिक्षण क्षमता वा पाठ्य विषय(वस्तुमा नै कुनै समस्या वा त्रुटी त छैन ?

बहुसंख्यक स्नातक र स्नातकोत्तर उत्तिर्ण युवाहरु नै आज बेरोजगार र निराश छन भने शिक्षाको उपलब्धी र सदुपयोग हुन नसक्नुमा दोष वा समस्या कहाँ छ त ?

सर्वत्र निराशा नै निराशा

देश समुन्नत हुन युवाशक्तिको योगदान अनिवार्य हुन्छ। वर्तमान शिक्षाको प्रवृत्तिलाई हेर्ने हो भने विद्यालय शिक्षा सिध्याउनासाथ हरेक युवा(युवतीहरुको सपना नै वैदेशिक रोजगारी भएकोले उनीहरु जापानी, कोरियन र अँगे्रजीजस्ता विभिन्न भाषा सिकेर अध्ययन वा अन्य कामको बहानामा कुनै न कुनै उपाय अपनाई विदेश पलायन हुन्छन। केही मेहनती र उत्कृष्ट विद्यार्थीहरु छात्रवृत्तिमा नाम निकाली यतै डाक्टर, इन्जिनीयर अध्ययन गरे पनि फेरि थप अध्ययनको बहानामा विदेश नै पलायन हुन्छन। उनीहरुको लागि देशको लगानी, बालुवामा पानी बन्ने गरेको छ।

नेपालको आम्दानीलाई तुलना गर्दा विदेशमा धेरै हुने र यहाँको कमाईले आकासिएको महँगीसँग लड्न कठिन हुने भएकोले राम्रा विद्यार्थीहरुको पहिलो रोजाई विदेश पर्ने गरेको छ। प्रायः गरेर केही सेवा गर्छु र दिन्छु भन्ने कर्मचारी पनि स्नातक तह उत्तीर्ण गरेपछि निश्चित पाठ्यसामग्री सुँगा रटाई गरी सरकारी जागीरको सुनिश्चितता गर्ने त्यसपछि पद र शक्तिको अहंमता बोक्ने गरेको देखिन्छ। अनि यहाँ बाँकी त लेखापढीमा कमजोर, दिर्घरोगी, बृद्धबृद्धा र साना बालबालिका मात्र रहने अवस्था छ। ती अशतm र असहायहरुले न त अनियमितता, भ्रष्टाचार र उत्पीडन विरुद्ध बुलन्द आवाज उठाउन सक्छन् , न त देशलाई चाहिने श्रममा नै उनीहरुको उपयोगिता हुनसक्छ।

नेपालको आम्दानीलाई तुलना गर्दा विदेशमा धेरै हुने र यहाँको कमाईले आकासिएको महँगीसँग लड्न कठिन हुने भएकोले राम्रा विद्यार्थीहरुको पहिलो रोजाई विदेश पर्ने गरेको छ।

दुई दशकभित्रै यहाँ हरेक क्षेत्रमा आवश्यक पर्ने जनशक्तिको ठूलो खडेरी लाग्नेछ। कतिपय सरकारी सेवाको भर्नाप्रति आकर्षण घट्दै जानाले आवेदकहरुको संख्या घट्दै गएको र क्षमता पनि कमजोरवाला नै बाँकी भएका कारण परीक्षामा उत्तीर्णाङ्क मात्र ल्याउन मुश्किल पर्ने गरेको र आवश्यक माग संख्या पूर्णरुपमा पूर्ति हुन नसकेको दृष्टान्त छ।

मानिसमा बढ्दो धनमोह र स्वयंवादी सोचले आफ्नै बाआमा र आफन्त समेत त्याग्ने वातावरण बनेको छ। विभिन्न अपराध, घुसखोर र कमिसनमा लागेर भए पनि पैसा कमाउने, स्वयम् बन्ने सोच र स्वार्थले मानिसहरु आफैँमा भित्रभित्रै आक्रान्त बनेका छन। यहाँ अहिले सबै जान्ने सुन्ने, पहुँचवाला, राजनैतिक विश्लेषक, दादागिरी, नायक, सही र गलत पत्ता लगाउने न्यायाधीश भई अनावश्क तर्क–बितर्कमा रुमल्लिरहेका छन।

असल ज्ञान र बुद्धि दिने गुरुहरुले (अपवादवाहेक) विद्यार्थीहरुलाई आफ्नै देशमा केही गर्नुपर्छ र गर्न सकिन्छ भन्ने सकारात्मक सन्देशको सट्टा केही गर्न सकिन्न भन्ने निराशा जगाउने र विदेश जान उत्प्रेरित गर्दै पैसामुखी र सुविधाभोगी बन्न हौसला दिई शहरमा छिटै घर र गाडीको सपनामा चुर्लुम्म डुबाउनेमा केही गुरुजनको पनि हात रहेको छ। शिक्षामार्फत परिणाममुखी, संघर्षशील, रचनात्मक र बफादार बनेर आफ्नै भूमिमा केही न केही गर्न सकिन्छ भन्ने ज्ञान नदिइ ठीक विपरीत विभिन्न देशसंग श्रम सम्झौता गर्न आतुर सरकारको गतिविधि पनि स्वाभाविक देखिदैन।

किशोरावस्थादेखि नै विद्यार्थीहरुमा अनिद्रा, चिन्ता र निराशा जस्ता अनेकन मानसिक समस्याले बिकराल रुप लिँदै गएको छ। सरोकारवालाहरु पनि सबै नै पथभ्रष्ट र कामचोर हुने हो भने भोलि देशका कर्णधारहरु आफूले प्राप्त गरेको ज्ञान र सीपबाट बिमुख भई द्रव्य प्राप्तिका लागि विदेश पलायन हुने क्रम झन्झन् बढ्दै जानेछ। देश र जनताको बृत्ति विकासको आधारशिला नै शिक्षा भएकोले आजको वैज्ञानिक र प्रतिस्पर्धात्मक युगमा परम्परागत र संकीर्ण सोचबाट मुक्त भई वर्तमान नबिनतम परिवर्तनमुखी परिस्थिति र वातावरण आत्मसात गर्दै सबैले आ-आफ्नो क्षेत्रबाट यथासम्भव सहयोग गर्नु पर्दछ।

किन खस्कियो शिक्षाको गुणस्तर ?

१) शिक्षण पेसालाई सेवा भाव बिर्सिएर कमाई गर्ने माध्यमको रुपमा मात्र सीमित राख्ने मनोविज्ञानको उपज।

२) पढाईमा धेरै कमजोर छु भन्ने महसुस हुनेहरु (केही थोरै वाहेक) शिक्षा सङ्कायमा अध्ययन गर्छन र ती विद्यार्थी कालान्तरमा शिक्षक बन्न पुग्छन। अन्ततः त्यो जनशक्तिबाट प्राप्त हुने नतिजा पनि कमजोर नै हुन्छ। परिणाम स्वरुप शिक्षाको स्तर “आफैं त महादेव कसले देला बर” भन्ने उखान सरह भएको हो।

३) एसइइमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुको ध्यान शुरु देखि नै शिक्षण पेशाप्रति आकर्षित गर्न नसक्नु र माथिल्लो तहको शैक्षिक योग्यता हासिल गरेपछि रोजगारीको सुनिश्चितता नहुनाले उच्च शिक्षा अध्ययन गर्न नै अनिच्छुक हुनु।

४) शिक्षक र अभिभावकहरु दुबै पक्षले विद्यार्थीहरुलाई परीक्षामा गुणात्मक भन्दा संख्यात्मक रुपमा उत्तीर्ण गराई प्रमाणपत्रधारीहरुको मात्र सङ्ख्या बढाउने सोच राख्नु।

५) शिक्षण पेशालाई सम्मानित र सर्वमान्य बनाउने वातावरण नबनेकोले सबैको नजरमा यो पेशा निम्नस्तरको लाग्नुले शिक्षकहरु आफैँमा सिर्जना, आत्मविश्वास र सकारात्मक हेराइ घट्दै जानु।

६) स्थायी नियुक्त पाएपछि प्रायः शिक्षकहरु आफ्नो घरपायक क्षेत्रमा काम गर्ने अनि घरायसी कामकाज र चिनजानले शिक्षणमा अल्छीपन बढ्नुका साथै प्राथमिक विद्यालय र निम्न माध्यमिक विद्यालयतहका शिक्षकहरुले माथिल्ला कक्षाहरु ९-१० वा उच्च उच्चतहमा काम चलाउ अध्यापन गराउनुजस्ता कारणले गुणस्तर खस्कँदै जानु।

७) शिक्षकको कार्यक्षमता उच्च मूल्याङ्कन तथा उचित निरीक्षण नगरिनु। बरु राजनैतिक अस्थिरता र दाउपेचका कारण आफनो अभिष्ट पूरा गर्न राजनैतिक दलको झोले बनी शिक्षकहरुको गुटबन्दी गर्नु र शिक्षकहरुले नै शैक्षिक वातावरणलाई राजनैतिक सङगठनको इच्छा अनुरुप बनाउनु।

८) परीक्षा प्रणाली तथा जग नै व्यवहारिक नहुनु। विद्यार्थीहरुलाई व्यवहारिक रुपमा बुझाउनुको सट्टा कण्ठस्थ पार्न मात्र शिक्षकहरु उद्यत रहनु र परीक्षामा आन्तरिक मूल्याङ्कन गर्दा आफ्नो मनलाग्दी नम्बर चढाउनु।

९) प्राचिनतम विषय-वस्तुको निरन्तरता र जीवनोपयोगी शिक्षाको अभाव हुनु। विद्यार्थीहरुलाई आफ्नै बौद्धिककता र नैतिकता बढाउने, समालोचना तथा समस्या निराकरण गर्न सिकाउने खालको सीपको विकास गराउने शिक्षाको अभाव हुनु।

१०) शहरी क्षेत्रमा पाइने शैक्षिक प्रविधि र साधन दुर्गमश्रेत्रमा नपुग्नु, भौतिक पुर्वाधार जीर्ण हुनु र शैक्षिक सामाग्रीहरुको पर्याप्तता नहुनु। प्रायस्गरेर कतिपय शिक्षकले ल्यावमा विविध प्रयोगात्मक सामाग्री हुँदा-हुँदै पनि सामान्य अभ्यास गराइएको हुँदैन। अनि कसरी बच्चाहरुको उज्ज्वल भविष्यको कल्पना गर्ने ?

शिक्षा सुधारका आयाम

१) शिक्षकलाई परिणाममुखी र प्रतिस्पर्धी बनाउन उनीहरुको तलब-सुविधा अन्य क्षेत्रका कर्मचारीको भन्दा उत्कृष्ट र आकर्षक बनाई असल शिक्षकलाई विशेष पुरस्कार तथा मान पदवीले सुशोभित गर्नुका साथै काम राम्रो गरेको खण्डमा पुन कार्यकाल थप्ने गरी ५(५ वर्षको लागि मात्र नियुक्ति दिने।

२) शिक्षकको नियुक्तिमा उमेर हदबन्दी र शिक्षण अनुमति-पत्रको सिन्डिकेट हटाइ सरकारी सेवाबाट अवकाश प्राप्त विशिष्ट वा अनुभवी ईच्छुक कर्मचारीहरुलाई पनि विषय विज्ञता अनुरुप ६० वर्षसम्म अध्यापन गर्न अनुमति दिने। शिक्षा सङ्काय बाहेकका अन्य सङ्कायहरुबाट पनि ऊत्कृष्ट जनशक्तिहरुलाई र शिक्षक सेवा आयोगमा प्रतिस्पर्धा गर्न सहज वातावरण बनाई शिक्षण पेशामा आउन प्रोत्साहन गर्दै खाली रहेको दरबन्दीमा पदपूर्ति गर्ने। केवल यहि शिक्षा सङ्कायबाट मात्रै शिक्षण गर्ने पद्दतिको अन्त्य नगरेसम्म ठूलो सङ्ख्यामा रिक्त दरबन्दी पदपूर्ति नहुने र शिक्षाले राम्रो गुणात्मक गति लिन कदापी सक्दैन।

३) अस्थायी, करार, वा राहत कोटामा नियुक्त सक्षम शिक्षकले सेवा आयोगको खुल्ला प्रतिस्पर्धाको परीक्षा पास गरि हाल्छन र नसक्नेहरुले आन्तरिक वा स्वतः स्थायी गरिनु पर्ने जस्ता गलत माग राखी नवप्रवेशीहरुलाइ समेत असर पार्ने परिपाटीलाई निरुत्साहित गर्नु पर्दछ।

४) आ(आफ्नो पायक पर्ने ठाउँमा बर्षौंबर्ष एकै स्थानमा बसेर काम गर्ने परिपाटीलाई अन्त्य गरी प्रत्येक २-२ वर्षमा अनिवार्य अन्तरपालिका वा अन्तर जिल्ला सरुवा गर्ने व्यवस्था मिलाउने।

५) राजनीतिक निकटताको आधारमा अप्रत्यक्ष रुपमा पार्टीलाई नै फाइदा पुग्ने लक्ष्यका साथ स्थापित शिक्षकहरुका विभिन्न सङ्गठनहरु तत्काल बन्द गरी दलीय हस्तक्षप निषेध गर्ने ।

६) कक्षाकोठामा शिक्षक र विद्यार्थीको अनुपात मिलाई यथासम्भव थोरै संख्यामा (बढीमा २५ जना) विद्यार्थीहरु राख्ने र सम्पूर्ण कक्षाहरुलाई प्रविधिमैत्री बनाउने।

७) चलायमान युगमा विज्ञानले प्रमाणित गरेका वा गर्न सक्ने समयको माग अनुरुपको र खोज-अनुसन्धानमा आधारित यथार्थमा नरही पुराना मनगढन्ते र रुढीबादी सोचले ओतप्रोत पाठ तथा शिक्षक पहिचान गरी अविलम्ब हटाउने।

८) नेताहरुको झोला बोकेर वा मोल मोलाईमा जागिर जोडेका पुराना सङ्कीर्ण सोच र शैलीका शिक्षकहरुलाइ पहिचान गरी तिनीहरुको तुरुन्त बिदाई गरी समयको माग र परिवर्तन अनुकूल चल्न सक्ने नयाँ र प्रतिभावान जनशक्तिहरुलाई यस क्षेत्रमा ल्याउने वातावरण बनाउनु पर्दछ।

उत्कृष्ट र दक्ष शिक्षकबाट गुणात्मक, प्रतिस्पर्धी र समयसापेक्ष चल्न सिकाउने शिक्षा प्रदान गर्ने हो भने आजका ती विद्यार्थीहरु भोलिका बफादार, कर्तव्यनिष्ठ, नैतिकवान र चरित्रवान जनशक्तिका रुपमा उत्पादन हुने छन्।

निष्कर्ष

देशका सम्पूर्ण क्षेत्र र स्तरका असल जनशक्ति उत्पादन गर्ने स्रोत भनेकै विद्यालय र विश्वविद्यालय हुन्। यदि उत्कृष्ट र दक्ष शिक्षकबाट गुणात्मक, प्रतिस्पर्धी र समयसापेक्ष चल्न सिकाउने शिक्षा प्रदान गर्ने हो भने आजका ती विद्यार्थीहरु भोलिका बफादार, कर्तव्यनिष्ठ, नैतिकवान र चरित्रवान जनशक्तिका रुपमा उत्पादन हुने छन्।

असल शिक्षाबाट मात्र मानिसमा ब्याप्त भ्रष्ट, स्वार्थी, घटिया सोच र व्यवहारमा परिवर्तन आई सभ्य र चरित्रवान समाजको परिकल्पना गर्न सकिने छ। साथै भ्रष्टाचारी र स्वयंवादी सोचको स्वत : अन्त्य हुनेछ। भ्रष्टाचार र घटीयापनको अन्त्य केवल कानुनी सजाय मात्रैले कदापी गर्न सक्दैन। यदि सक्ने भए कानून बनेको धेरै लामो समय बितिसक्दा पनि यी लथालिङ्ग अवस्था घट्नुको सट्टा झन बढ्दो अवस्थामा रहनुले कानुन मात्र बलियो बनाएर हुँदैन भन्ने प्रष्ट हुन्छ। अतः अनेकन बाधा व्यवधान तथा चुनौतीहरुका सामना र समाधान गर्दै हामी सबै मिलेर आ आफ्नो काम र कर्तव्यलाई आत्मसात गरी अघि बढ्दै शिक्षाको ज्योति देशभित्र मात्र नभएर विश्वभर नै फैलाउने काम गर्नु पर्दछ। त्यही शिक्षाको ज्योतिले सम्पूर्ण मानवजातिको समानता, समृद्धि, शान्ति, नैतिकता तथा सामाजिक सहिष्णुता जस्ता विविध विशेषता आत्मसात् गर्ने क्षमता अभिवृद्धि गरी निष्कलङ्क वास्तविक असल चरित्रवान मानवको पहिचान झल्काउने काम गर्नेछ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  ८ : ४७ बजे

थापागाउँबाट च्यासललाई पूर्वराष्ट्रपति भण्डारीको जवाफ : म एमाले कार्यकर्ता हुँ, संघर्ष गरिरहन्छु

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू निरन्तर नेकपा एमालेको कार्यकर्ता भएर

किसानलाई मल र सिँचाइ उपलब्ध गराउन सांसदको माग

काठमाडौं– प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरूले मल अभाव हुँदा किसानमा निराशा

बलिउड कलाकारमाथि किन खनिइन् श्रुति हासन ?

काठमाडौं– अभिनेत्री श्रुति हासन अहिले आफ्नो फिल्म ‘कुली’ को प्रदर्शनका

विद्याका अघि ईश्वर पोखेरेलले भने, ‘हेक्का राखिएन भने दुर्घटनाग्रस्त हुन पुगिन्छ…’

काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक पुनरागमनमा सघाइरहेका नेकपा (एमाले)

पूर्वराष्ट्रपति भण्डारीले भनिन् : संसद् निरीह भयो, दलहरूमा समस्या छ

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान संसद् र दलहरूको कार्यशैलीप्रति कडा