सङ्कट व्यवस्थापन केन्द्रबाट एक वर्षमा २५२ जना लाभान्वित | Khabarhub Khabarhub

सङ्कट व्यवस्थापन केन्द्रबाट एक वर्षमा २५२ जना लाभान्वित


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

बैतडी– जिल्ला अस्पताल बैतडीमा सञ्चालित एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) प्रभावकारी बन्दै गएको छ ।

हिंसा प्रभावितलाई लक्षित गर्दै स्थापना भएको केन्द्रमार्फत एक वर्षको अवधिमा २५२ जना लाभान्वित भएका केन्द्रका संयोजक डा. सिजन खड्काले जानकारी दिए । संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोष (यूएनएफपीए) र मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सिएमसी) नेपालको आर्थिक सहयोगमा सञ्चालित ओसिएमसीमार्फत विभिन्न प्रकारका सेवा प्रदान गर्ने गरिएको उनको भनाइ छ ।

जिल्लाका १० वटै पालिकाका २४४ र जिल्लाबाहिरका आठ जनाले केन्द्रबाट सेवा लिएका हुन् । लैङ्गिक हिंसा प्रभावितलाई ओसिएमसीबाट कानुनी, उपचारात्मक तथा परामर्श सेवा दिने गरिन्छ ।

ओसिएमसीमा आउनेमध्ये शारीरिक हिंसामा परेका ५३, मानसिक हिंसा प्रभावित ९७, स्रोतसाधनबाट वञ्चित ६५, बलात्कारका घटनाबाट पीडित १३, बलात्कार प्रयास घटनाबाट प्रभावित चार, बहुविवाहबाट पीडित चार, बालविवाहबाट पीडित चार र यौन दुव्र्यवहारका घटनाबाट पीडित दुई जना रहेको जनाइएको छ ।

हिंसापीडितको गोपनीयता कायम राख्दै प्रत्येक घटनामा प्रहरीले जिम्मेवार भएर ओसिएमसीलाई सहयोग गरिरहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए ।

दशरथचन्द नगरपालिकाका प्रमुख पुस्करराज जोशीले गुनासो सुन्ने सुविधा र सेवामा सहज पहुँच भएकाले नगरक्षेत्रका पीडितको सङ्ख्या बढी देखिएको बताए । दशरथचन्द नगरपालिकामा रहेको सेफ हाउस सञ्चालनमा ल्याई यस्ता सेवालाई प्रभावकारी बनाउनुपर्ने भन्दै उनले त्यसमा पालिकाले पनि सहजीकरण गर्ने बताए ।

दशरथचन्द नगरपालिकामा विगत १२ वर्षअघि बनेको सेफ हाउस हालसम्म सञ्चालनमा आउन सकेको छैन ।

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले ओसिएमसीले हिंसापीडितलाई पुनःस्थापनामा महत्त्वपूर्ण सहयोग गरेको बताए । (रासस)

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  ८ : ३५ बजे

दार्चुला जीप दुर्घटना अपडेट : एक जनाको मृत्यु

खलङ्गा– दार्चुलाको नौगाड गाउँपालिकामा भएको जीप दुर्घटनामा गम्भीर घाइते हुनुभएको

विद्या भण्डारीको कार्यालय उद्घाटनमा सुरेन्द्र पाण्डे, कर्ण थापा र विनोद ढकाल पनि

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा ढिलो गरी

गगन थापाको गुनासो- सरकार सफल हुनुपर्छ भन्नेमा छु तर संयन्त्रको बैठकमा कुरा सुन्दैनन् 

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नो पार्टी र नेकपा

पूर्वराष्ट्रपति भण्डारीले खोलिन् सम्पर्क कार्यालय (लाइभ)

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्पर्क कार्यालय काठमाडौंको थापागाउँमा स्थापना हुने

विद्या भण्डारीलाई साथ दिन पुगे ईश्वर पोखरेल र युवराज ज्ञवाली  

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्पर्क कार्यालय उद्‌घाटन कार्यक्रममा सहभागी हुन