त्रिवि क्रिकेट मैदानमा प्यारापिट निर्माण अन्तिम चरणमा (तस्बिरहरू) « Khabarhub

त्रिवि क्रिकेट मैदानमा प्यारापिट निर्माण अन्तिम चरणमा (तस्बिरहरू)


५ भदौ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानको प्यारापिट निर्माण तथा सिट राख्ने काम अन्तिम चरणमा पुगेको छ ।

प्यारापिट निर्माणका लागि बिकेओआई–केसीडिसी–बिजी जेभीले २०८१ फाल्गुन १९ गते सम्झौता गरेर २० गतेबाट काम थालनी गरेका थिए ।

४३ करोड ७७ लाख रुपैयाँमा ठेक्का लिएको निर्माण कम्पनीका प्रतिनिधि प्रेम पौडेलका अनुसार निर्माण कार्य ९५ प्रतिशतभन्दा बढी सकिएको र अब सरसफाइ, रेलिङ फिटिंग जस्ता काम मात्र बाँकी रहेको जानकारी दिए ।

१० हजार दर्शक क्षमताको यो मैदान पूर्वी र पश्चिम गरी दुई खण्डमा रहेको र पूर्वी खण्डमा दुई हजार २९० कुर्सी राखिएको र पश्चिम खण्डमा ७ हजार ७ सय १० कुर्सी राखिएको पौडेलले जनाए ।

फ्लड लाइड जडानका लागि २७ करोड ४० लाख रुपैयाँमा विशाण–ईश्वरी जोइन्ट भेन्चर ठेक्का लिएको अहिले ६ वटा लाइटका लागि सबै पोलहरू ल्याइसकेको र केही दिन जडानको काम सुरु गरिने जनाएको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ५ भदौ २०८२, बिहिबार  १० : २९ बजे

दाइँ हाल्ने परम्परा जोगाइरहेको थापाठाना (तस्बिरहरू)

काठमाडौं– पर्वतको फलेवास नगरपालिका-२ थापाठाना फाँटमा धान भित्र्याउने चटारो सुरु भएको

धान ‘जोन’मा उत्पादन बढ्यो

चितवन– चितवनमा रहेको धान जोनमा यस वर्ष उत्पादन बढ्ने भएको

ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारी चालक कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने

अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

काठमाडौँ– पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका