सिटी होलटले हकप्रद शेयर निष्काशन गर्ने « Khabarhub

सिटी होलटले हकप्रद शेयर निष्काशन गर्ने


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिटी होटल लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले भदौ २३ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको हो।

कमपनीले चुक्ता पूँजीको ८० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ८ कित्ता अनुपातमा हकप्रद शेयर जारी गर्न लागेको हो।

कम्पनीले एक अर्ब ३३ करोड ९२ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका एक करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद शेयर बिक्री गर्ने छ।

कम्पनीले साउन २७ गते एक दिनका लागि बुक क्लोज गरेको थियो। शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड हो।

अहिले कम्पनीको चुक्ता पूँजी एक अर्ब ६७ करोड ४० लाख रुपैयाँ रहेको छ। हकप्रदपछि चुक्ता पूँजी तीन अर्ब १ करोड ३२ लाख रुपैयाँ पुग्छ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  १० : ०९ बजे

नयाँ नेतृत्वका लागि निर्वाचन अघि बढाउन प्रतिनिधिको दबाब, विशेष महाधिवेशनस्थलमा नाराबाजी

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनस्थल भृकुटीमण्डमा प्रतिनिधिहरूले नाराबाजी थालेका छन्

भिमादमा ‘किसानसँग नगरप्रमुख’ कार्यक्रम सञ्चालन

दमौली– भिमाद नगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रको विकास र विस्तार

महाधिवेशन प्रतिनिधि सीताको निष्कर्ष- अब अरु दलको चुनाव चिन्हमा भोट हालिँदैन

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत बन्दसत्र जारी

नबिल बैंकको अध्यक्षमा निर्वाण चौधरी चयन

काठमाडौं– नबिल बैंक लिमिटेडको ४१औँ वार्षिक साधारणसभाले १२.५० प्रतिशत नगद

अमेरिकाको ब्रुमफिल्ड शहरसँग ललितपुर महानगरको भगिनी सम्बन्ध 

ललितपुर– ललितपुर महानगर र अमेरिको ब्रुमफिल्ड शहरबीच भगिनी सम्बन्ध कायम