सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न बौद्धिक परिषद्को माग « Khabarhub

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न बौद्धिक परिषद्को माग


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल बौद्धिक परिषद्ले नेपाल र भारतले सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने माग गरेको छ । बिहीबार विज्ञप्ति सार्वजनिक गर्दै परिषद्का अध्यक्ष ई.गजेन्द्रप्रसाद थपलियाले यस्तो माग गरेका हुन् ।

लिपुलेक हुँदै भारत–चीनबीच सीमा व्यापार पुनःसञ्चालन गर्ने’ भन्ने भारत र चीनका विदेशमन्त्री स्तरीय वार्तामा सहमति भएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै बौद्धिक परिषद्ले यस्तो माग गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल–भारतबीच सदियौंदेखि रहँदै आएको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धको सान्दर्भिकतालाई समेत मनन गर्दै दुई देश र जनताबीच रहेको सम्बन्धलाई अझ प्रगाढ बनाउन ऐतिहासिक सन्धि–सम्झौता, तथ्य, नक्सा र प्रमाणको आधारमा दुवै देशबीच रहेका सबै सीमा विवाद कूटनीतिक माध्यमबाट अविलम्ब समान गर्न नेपाल र भारत सरकारसमक्ष माग गर्दछौँ ।’

विज्ञप्तिमा यो विषयमा नेपाल र भारतको धारणा आइसकेकाले चीनलेसमेत धारणा सार्वजनिक गर्नुपर्ने माग गरिएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  ११ : १२ बजे

जल तथा ऊर्जा आयोगको सचिवालयबाट नीति संवाद सुरु

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको जल तथा ऊर्जा

अमेरिका र इरानबीच मध्यस्थकर्ताकाे छुट्टाछुट्टै वार्ता : युद्ध अन्त्य र होर्मुज मार्ग खोल्ने नयाँ प्रयास

एजेन्सी– सात महिना लामो युद्ध अन्त्य गर्ने नयाँ प्रयासस्वरूप अमेरिका

बालेन र रविको फोटो पोस्ट गर्दै बाबुराम लेख्छन्- लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्छ !

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय

चितवन– चितवनमा पाँच वर्षमुनिका बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढेको

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा