ललितले भने- जनता आवासको घर चाहिँदैन, कुनै विपन्न परिवारलाई दिनू « Khabarhub

ललितले भने- जनता आवासको घर चाहिँदैन, कुनै विपन्न परिवारलाई दिनू


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

विराटनगर- नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललितनारायण राजवंशीले आफ्नो परिवारका लागि आफैं घर बनाउन सक्षम रहेको बताएका छन् ।

कोशी प्रदेश सरकारले ‘जनता आवास कार्यक्रम’ अन्तर्गत बनाइदिने भनिएको घर आफूले नलिने ललितले बिहीबार विराटगरका पत्रकारसँग बताएका हुन् ।

‘मेरो परिवारलाई राख्ने घर बनाउन म आफैँ सक्षम छु’, उनले भने, ‘जसका लागि घर बनाउने पैसा आएको हो, उसैलाई सरकारले घर बनाइदेओस् ।’

ललितले सरकारको योजनाअनुसार घर जुन समुदायका लागि आवश्यक पर्छ, त्यही समुदायलाई बनाइदिन पनि भनेका हुन् ।

ललितले आफूभन्दा विपन्न र गरिब परिवारलाई ‘जनता आवास कार्यक्रम’ अन्तर्गत घर बनाउन सरकारले बजेट विनियोजन गरेको पनि बताएका छन् ।

यदि आफूलाई सरकारले सहानुभूति देखाएर केही दिने भएमा त्यसलाई आफूले स्वीकार गर्ने पनि उनले बताए ।

ललितकी आमा शुभकुमारीको गत साउन २५ गते विराटनगरस्थित निवासमै निधन भएको थियो । ६३ वर्षीया उनी केही समयदेखि मुटुको रोगकी बिरामी रहँदै आएकी थिइन् ।

ललितकी आमाको निधनपछि श्रद्धाञ्जली दिन घरमै पुगेका नेपाली कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य अमृत अर्यालले ‘जनता आवास कार्यक्रम’अन्तर्गत यो परिवारको घर बनाइदिने घोषणा गरेका थिए ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  ११ : ५६ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

आज २०८२ साल माघ २ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।