ललितले भने- जनता आवासको घर चाहिँदैन, कुनै विपन्न परिवारलाई दिनू « Khabarhub

ललितले भने- जनता आवासको घर चाहिँदैन, कुनै विपन्न परिवारलाई दिनू


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

विराटनगर- नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललितनारायण राजवंशीले आफ्नो परिवारका लागि आफैं घर बनाउन सक्षम रहेको बताएका छन् ।

कोशी प्रदेश सरकारले ‘जनता आवास कार्यक्रम’ अन्तर्गत बनाइदिने भनिएको घर आफूले नलिने ललितले बिहीबार विराटगरका पत्रकारसँग बताएका हुन् ।

‘मेरो परिवारलाई राख्ने घर बनाउन म आफैँ सक्षम छु’, उनले भने, ‘जसका लागि घर बनाउने पैसा आएको हो, उसैलाई सरकारले घर बनाइदेओस् ।’

ललितले सरकारको योजनाअनुसार घर जुन समुदायका लागि आवश्यक पर्छ, त्यही समुदायलाई बनाइदिन पनि भनेका हुन् ।

ललितले आफूभन्दा विपन्न र गरिब परिवारलाई ‘जनता आवास कार्यक्रम’ अन्तर्गत घर बनाउन सरकारले बजेट विनियोजन गरेको पनि बताएका छन् ।

यदि आफूलाई सरकारले सहानुभूति देखाएर केही दिने भएमा त्यसलाई आफूले स्वीकार गर्ने पनि उनले बताए ।

ललितकी आमा शुभकुमारीको गत साउन २५ गते विराटनगरस्थित निवासमै निधन भएको थियो । ६३ वर्षीया उनी केही समयदेखि मुटुको रोगकी बिरामी रहँदै आएकी थिइन् ।

ललितकी आमाको निधनपछि श्रद्धाञ्जली दिन घरमै पुगेका नेपाली कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य अमृत अर्यालले ‘जनता आवास कार्यक्रम’अन्तर्गत यो परिवारको घर बनाइदिने घोषणा गरेका थिए ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  ११ : ५६ बजे

रुपन्देहीमा गोली प्रहार, एक घाइतेसहित तीन जना पक्राउ

रुपन्देही – रुपन्देहीको देवदहमा पेस्तोलबाट गोली चलाएको अभियोगमा प्रहरीले एक

कांग्रेसको १५औँ महाधिवेशनमा पुगे एमाले महासचिव पोखरेल

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेकपा (एमाले)का महासचिव

एमाले संसदीय दलको बैठक च्यासलमा

काठमाडौँ – नेकपा (एमाले) संसदीय दलको बैठक सुरु भएको छ

काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना

बनेपा– मुलुकको मध्यपहाडी क्षेत्रका पाखापखेरा कफी खेतीका निम्ति उपयुक्त मानिएका

अमेरिकी गाडी उद्योगमा उत्पादन र लगानी विस्तारको तयारी : राष्ट्रपति ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यापार नीतिले अमेरिकाको गाडी