सिरहामा भन्सार छलीका सामानसहित गाडी नियन्त्रण « Khabarhub

सिरहामा भन्सार छलीका सामानसहित गाडी नियन्त्रण


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

सिरहा– सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ गण  सिरहा अन्तर्गतको गस्ती टोलीले भन्सार छलीका सामानसहित बोलेरो गाडी नियन्त्रणमा लिएको छ ।

बुधबार राति करिब साढे ९ बजे मिर्चैया नगरपालिका–९ घुर्मी पुलस्थित पूर्व–पश्चिम राजमार्गमा जाँच गर्ने क्रममा सशस्त्र बेश क्याम्प मिर्चैयास्थित सशस्त्र प्रहरी निरीक्षक अनिल खड्काको कमाण्डमा खटिएको गस्ती टोलीले स १ च १०४८ नम्बरको सिंगल क्याप बोलेरो गाडी नियन्त्रणमा लिएको हो ।

गाडीमा बिलबिजक नभएको चिनी ४० बोरा, कविर सुर्ती २० बोरा र केराउ पाँच बोरासमेत गरी करिब तीन लाख २३ हजार मूल्य बराबरको सामान फेला परेको सशस्त्र प्रहरी नम्बर ७ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीले जानकारी दिए । उनका अनुसार सो बोलेरो गाडीको मूल्य रु नौ लाख ५० हजार रहेको र सामानसहित जम्मा रु १२ लाख ७३ हजार बराबर रहेको छ । 

साथै गाडी चालक उदयपुरको कटारी नगरपालिका–१३ मयाङखु बस्ने २१ वर्षीय सागर खत्रीलाई समेत नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी उपरीक्षक भण्डारीले जानकारी दिए । नियन्त्रणमा लिइएको सामान तथा गाडी भन्सार कार्यालय बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  १२ : ३९ बजे

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा

पेट्रोलियम पदार्थको मूल्य समायोजन

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ