बन्दीपुरमा दूधमा अनुदानका लागि ३५ लाख बजेट विनियोजन | Khabarhub Khabarhub

बन्दीपुरमा दूधमा अनुदानका लागि ३५ लाख बजेट विनियोजन


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँको बन्दीपुर गाउँपालिकाले दूध उत्पादनमा कृषकलाई अनुदान दिन ३५ लाख बजेट विनियोजन गरेको छ । दूध उत्पादक कृषकलाई प्रोत्साहनका लागि पालिकाले आगामी चालु आर्थिक वर्ष २०८२-८३ का लागि ३५ लाख बजेट विनियोजन गरेको हो । 

सहकारीमार्फत् दूध बिक्री गर्ने कृषकलाई प्रोत्साहन गर्न प्रति लिटर रु दुई अनुदान दिने व्यवस्था मिलाइएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए । 

उनले भने, ‘दूध उत्पादनमा अनुदान कार्यक्रमले कृषकलाई पशुपालनतर्फ आकर्षित गर्न सहयोग पुर्‍याएको छ, साथै गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउन पनि टेवा पुग्छ ।’

बन्दीपुर–१ स्थित सूर्योदय दुग्ध उत्पादक सहकारी र बन्दीपुर–५ स्थित याम्पा दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध कृषकले उत्पादनका आधारमा अनुदान रकम पाउँदै आएका छन् । सहकारीमार्फत् दूध बिक्री गर्ने कृषकलाई उत्पादनका आधारमा रु दुईका दरले अनुदान उपलब्ध गराउने गरिएको छ । 

गाउँपालिकाले मौरीपलन, मुसरो, तोरीखेती, च्याउखेती, मकैबाली प्रवर्द्धन, व्यावसायिक फलफूलखेती प्रवर्द्धन, बीउबिजन वितरण कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरेको जनाएको छ । हाटबजार व्यवस्थापन तथा सञ्चालनका लागि नौ लाख बजेट विनियोजन गरिएको बताउँदै थापाले गाउँपालिकामा धर्म, संस्कृति, भेषभूषा, कला र साहित्यको संरक्षण तथा प्रवर्द्धनका लागि आवश्यक बजेट विनियोजन गरिएको उल्लेख गरे । 

त्यस्तै नयाँ पर्यटकीय गन्तव्यको पहिचान तथा गाउँपालिकाभित्र पर्यटकीय दृष्टिले महत्वपूर्ण रहेका पर्यटकीय स्थलहरूको प्रवर्द्धन गर्न आवश्यक बजेट विनियोजन गरिएको थापाले उल्लेख गरे । 

गाउँपालिकाले युवाहरूलाई बजार मागको आधारमा व्यावसायिक सीपमूलक तालिम, वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई उद्यमशीलता तालिम, पूर्व सिकाइ मान्यताको विधिबाट सीप परीक्षण कार्य, पालिकाभित्र उत्पादन भएका वस्तुहरूको प्रदर्शनी एवं बजारीकरणका लागि रु २० लाख विनियोजन गरेको छ । 

ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण तथा घरदैलो कार्यक्रम, नसर्ने रोग स्क्रिनिङ अभियान, विपन्न तथा कडा रोग लागेका विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम, महिलाहरूको पाठेघरको मुखमा हुने क्यान्सर रोगको पहिचान निदान तथा उपचार शिविर सञ्चालनका लागि बजेट विनियोजन गरिएको थापाले बताए। 

यस्तै गाउँपालिकाभित्र हुने प्राकृतिक प्रकोप तथा विपद्को पूर्व तयारी प्रतिकार्य र पुर्नलाभ कार्यका लागि २५ लाख, वृक्षारोपण एवं वन वातावरण संरक्षण र फोहरमैला व्यवस्थापनका लागि रु १५ लाख विनियोजन गरिएको थापाको भनाइ छ । 
 

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  १२ : ४६ बजे

फुटबल खेलाडी तथा प्रशिक्षकको बिदाइ

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालले उज्वेकिस्तानको कर्सी सहरमा सञ्चालन हुने

मोरङबाट च्यासललाई चुनौती दिएपछि थापागाउँमा उत्साहित देखिएकी विद्या

काठमाडौं – काठमाडौंको थापागाउँस्थित तीन तले घरको प्राङ्गण बिहीबार दिउँसो

फिल्म ‘जारी २’को सहकार्यमा १० सहरमा कन्सर्ट गर्दै झुमा लिम्बू

काठमाडौं – असोज ३ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जारी

उत्तरी गोरखामा भीरबाट खसेर दुई जनाको मृत्यु

गोरखा– उत्तरी गोरखाको एक दुर्गम गाउँमा भीरबाट खसेर दुई जनाको

कर्मचारीहरुलाई गाडी किन्न लामो अवधिको ऋण दिनुपर्छ : नाडा पूर्व अध्यक्ष दुलाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघ कर तथा राजस्व समितिका उपसंयोजक