मधेश प्रदेशमा विद्युत् र सिँचाई सुधारका लागि मन्त्री खड्काको निर्देशन « Khabarhub

मधेश प्रदेशमा विद्युत् र सिँचाई सुधारका लागि मन्त्री खड्काको निर्देशन


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

जनकपुर– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले आज जनकपुरमा प्रदेशको विद्युत् र सिँचाई सेवासम्बन्धी अवस्थाको बारेमा जानकारी लिएका छन् । 

मन्त्री खड्काले विद्युत् प्राधिकरणको प्रादेशिक कार्यालय जनकपुरका प्रमुख मनोज यादव र सिँचाई विभागका महानिर्देशक मित्र बरालसहितको टोलीलाई प्रदेशभरिका विद्युत् र सिँचाई सेवामा जनताको आवश्यकता र चाहनाअनुसार सुधार गर्न निर्देशन दिएका छन् ।

मन्त्री खड्काले मधेश प्रदेशमा विद्युत् चुहावट अन्य प्रदेशहरूको तुलनामा उच्च रहेको र यस समस्यालाई तत्काल रोक्नका लागि आवश्यक कदम उठाउन निर्देशन दिएका हुन् ।

उनले नागरिकहरूको जीउधनको सुरक्षा सुनिश्चित गर्दै सुरक्षित विद्युत् आपूर्ति गर्ने महत्त्वपूर्ण जिम्मेवारी पूरा गर्न निर्देशन दिएका हुन् ।

मन्त्री खड्काले मधेशका विभिन्न क्षेत्रमा पटक पटक बिजुली जाने जनगुनासोको समाधान गर्न २४ घण्टा विद्युत् आपूर्ति सुनिश्चित गर्ने उद्देश्यअनुरूप काम गर्न कर्मचारीहरूलाई निर्देशन दिए ।

उनले मन्त्रालयका लागि कार्य प्रणालीमा सुधार गर्ने र राम्रो काम गर्ने व्यक्तिलाई प्रोत्साहन तथा दायित्व पूरा नगर्ने कर्मचारीलाई दण्डित गर्ने नीति रहेको जानकारी गराउँदै आफ्नो जिम्मेवारी र दायित्वलाई प्राथमिकताकासाथ पूरा गर्न निर्देशन दिए । 

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  ३ : १९ बजे

प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि म्याग्दी

जल तथा ऊर्जा आयोगको सचिवालयबाट नीति संवाद सुरु

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको जल तथा ऊर्जा

अमेरिका र इरानबीच मध्यस्थकर्ताकाे छुट्टाछुट्टै वार्ता : युद्ध अन्त्य र होर्मुज मार्ग खोल्ने नयाँ प्रयास

एजेन्सी– सात महिना लामो युद्ध अन्त्य गर्ने नयाँ प्रयासस्वरूप अमेरिका

बालेन र रविको फोटो पोस्ट गर्दै बाबुराम लेख्छन्- लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्छ !

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय

चितवन– चितवनमा पाँच वर्षमुनिका बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढेको