अर्थसंक्षेप : लगानीमा विविधता ल्याउँदै कृषि विकास बैंक, नबिल बैंकले पायो युरो मनी अवार्ड र जुम्लाका स्थानीय तहको आन्तरिक स्रोत खुम्चिँदो « Khabarhub

अर्थसंक्षेप : लगानीमा विविधता ल्याउँदै कृषि विकास बैंक, नबिल बैंकले पायो युरो मनी अवार्ड र जुम्लाका स्थानीय तहको आन्तरिक स्रोत खुम्चिँदो


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कृषि विकास बैंकले अर्थतन्त्रका अन्य क्षेत्रमा पनि लगानी गरिरहेको छ : सिइओ गुरूङ

कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले कृषि विकास बैंकले कृषि क्षेत्रलाई प्राथमिकता राखे पनि अर्थतन्त्रका अन्य क्षेत्रमा पनि लगानी गरिरहेको बताएका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा अटो सो, २०२५’ मा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालको संयुक्त आयोजनामा ‘कर्जा नीतिमा स्थिरता: अटोमोबाइल बजारको दीर्घकालीन विकासको आधार’ विषयक अन्तरक्रियामा सिइओ गुरुङले बैंकको ऋण विविधीकरण गरिरहेको बताए । अटोमोवाईल्स क्षेत्रमा पनि कर्जा प्रवाह गर्दै आएको बताउँदै उनले गत वर्षको नाडा अटो शोमा स्टल समेत राखेको बताए ।

एनआईसी एशिया बैंकका ग्राहकलाई कैलाली हस्पिटलमा २० प्रतिशत छुट

बेनी हाइड्रोपावरले आईपीओ ल्याउने 

नेप्सेले डाटा सेन्टर निर्माण गर्ने

नबिल बैंकले पायो युरो मनी अवार्ड

जुम्लाका स्थानीय तहको आन्तरिक स्रोत खुम्चिँदो

जुम्लाका स्थानीय तहले आन्तरिक स्रोतमार्फत खासै आम्दानी गर्न सकेका छैनन् । यहाँ एक नगरपालिका र सात गाउँपालिका गरी आठ स्थानीय तह छन् । ती स्थानीय तहको आन्तरिक स्रोतको आम्दानी घटेको महालेखा परीक्षकको ६२ औँ वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

सो प्रतिवेदन अनुसार तिला गाउँपालिकाले आर्थिक वर्ष २०८०-८१ मा वार्षिक आय १९ लाख ३६ हजार २६२ आन्तरिक स्रोतमार्फत आम्दानी गरेको छ । उक्त पालिकाले सोही आवमा रु २५ लाख राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । खर्चमध्ये आन्तरिक आयको हिस्सा ०.४४ प्रतिशत छ ।

उक्त आवमा पदाधिकारी सुविधामा करिब रु ८१ लाख १२ हजार खर्च गरेको छ । जुन आन्तरिक आयको ४४२ दशमलव ७९ प्रतिशत रहेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ५८ मा स्थानीय तहले आफ्नो कार्यक्षेत्रभित्र व्यवसाय कर उठाउनुपर्ने व्यवस्था रहे पनि तिलाले कुनै शीर्षकमा कर संकलन नगरेको महालेखा परीक्षकको प्रतिवेदनमा औँल्याइएको छ ।

त्यसैगरी, सिंजा गाउँपालिकाले २५ लाख ८५ हजार ९९७ आम्दानी गरेको छ । आन्तरिक स्रोत बढाउन पालिकाले विभिन्न चरणमा बालुवा गिट्टी, ढुङ्गाको बोलपत्र आह्वान गरेपनि राजस्व सङ्कलन गर्न नसकेको सिंजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए । त्यसैगरी तातोपानी गाउँपालिकाले पेस गरेको आयव्ययको अनुमानमा आन्तरिक आयतर्फ रु २३ लाख २६ हजार छ । पालिकाकोे कुल बजेटमध्ये आन्तरिक आयको हिस्सा ०।०५ प्रतिशत मात्र छ ।

सानिमा रिलायन्स लाइफको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले किन्न मिल्ने

सिटी होलटले हकप्रद शेयर निष्काशन गर्ने

कोरिया पठाइदिन्छु भन्दै १ करोड ८ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ

बजेट अभावमा पाँच वटा पुल निर्माणमा ढिलाइ

बजेट अभावका कारण हुलाकी सडक आयोजना अन्तर्गतका पाँच वटा पुल निर्माणमा ढिलाइ भएको छ ।

हुलाकी सडक आयोजना कार्यालयका अनुसार धनगढीमा दुई वटा पुल निर्माण तोकिएको म्यादमा सम्पन्न नभएका हुन् । ती पुल निर्माण सम्पन्न गर्ने म्याद दुई वर्ष थप गरिए पनि ६५ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ ।

धनगढी उपमहानगरपालिका–१ र २ जोड्ने र वडा नं १ र ८ जोड्ने खोलामा २५-२५ मिटर लम्बाइका दुई पुल ३० महिनामा सम्पन्न गर्ने गरी २०७८ फागुन १९ गते ३० रु आठ करोड २३ लाख ७३ हजारमा मालिका निर्माण सेवा प्रालिसँग सम्झौता भएको थियो ।

बन्दीपुरमा दूधमा अनुदानका लागि ३५ लाख बजेट विनियोजन

मानपुर–डेढगाउँ सडक कालोपत्र सम्पन्न

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  ७ : ०० बजे

सरकारले स्वास्थ्य सुधारका लागि २०.७ मिलियन डलर अनुदान स्वीकार गर्ने

काठमाडौं– सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७

बाढी प्रभावित प्रहरीका सन्ततिलाई निःशुल्क स्नातकोत्तर तहसम्मको शिक्षा

काठमाडौं– नेपाल प्रहरीले कर्तव्यपालनको सिलसिलामा भोटेकोशी बाढीबाट प्रभावित २८ जना

म्यान्माको हवाई आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो

याङ्गुन – पश्चिम म्यान्माको राखाइन राज्यमा सेनाले गरेको हवाई आक्रमणमा

चोलेन्द्र पक्राउबारे सरकारका प्रवक्ता भन्छन्- सुरक्षित स्थानमा सारिएको हो

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउबारे सरकारका प्रवक्ता सस्मित पोखरेलले

सयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न

एजेन्सी– संयुक्त राष्ट्रसङ्घीय महासभाको ८१औँ सत्रको बहस सोमबार सम्पन्न भएको