फिल्म ‘जारी २’को सहकार्यमा १० सहरमा कन्सर्ट गर्दै झुमा लिम्बू « Khabarhub

फिल्म ‘जारी २’को सहकार्यमा १० सहरमा कन्सर्ट गर्दै झुमा लिम्बू


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – असोज ३ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जारी २’सँगको सहकार्यमा गायिका झुमा लिम्बूले नेपालका विभिन्न १० सहरमा कन्सर्ट गर्ने भएकी छन् ।

झुमाको ब्यान्ड ‘झुमा लिम्बू एन्ड दी रैथाने ब्यान्ड’ले ‘रैथाने घुमफिर कन्सर्ट २०८२’ अन्तर्गत रहेर विभिन्न सहरमा लाइभ प्रस्तुती दिन लागेको हो ।

झुमाले ललितपुरमा शुक्रबार पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिएकी हुन् । यो टुरको सुरुवात भदौ २१ देखि काठमाडौंबाट सुरु हुने उनले बताइन् ।

पहिलो प्रस्तुती काठमाडौंस्थित एलओडी क्लबमा दिने तय भएको छ। त्यहाँ च्याब्रुङ नाचसमेत हुनेछ ।

बाँकी ९ शहरको कार्यक्रम स्थल टुंगो लाग्न बाँकी रहेको छ । सामाजिक सञ्जालबाट यसको जानकारी दिइने उनले बताइन् ।

यही कार्यक्रममार्फत् स्थानीय कलकार संस्कृति र गीत–संगीतलाई प्रवर्द्धन गर्ने झुमाको योजना छ । उनले भनिन्, ‘जुन ठाउँमा कन्सर्टको आयोजना हुनेछ, त्यहाँको स्थानिय कला संस्कृति र गीत संगीतलाई विशेष प्राथामिकतामा राखिनेछ ।’

यो वर्ष भने नेपालका विभिन्न स्थानमा संगीतिक टुर गर्ने योजनमा उनी छिन् । अर्को वर्ष भने विदेशमा रहेका दर्शक श्रोतासँग भेट गर्ने योजना रहेको उनले सुनाइन् ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  ७ : ३४ बजे

भौतिक मन्त्रीले भने, ‘कर्मचारीले कमिशन मागे मलाई सिधै जानकारी दिनु, कारबाही गर्छु’

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्सालले कुनै पनि

शासकीय सुधार कार्यसूची : स्वास्थ्य क्षेत्रमा डिजिटल प्रणाली चुस्त बनाइने

काठमाडौं– मन्त्रिपरिषद्को चैत १३ को बैठकबाट स्वीकृत शासकीयसम्बन्धी एक सय

सेराले नेपालमा ल्यायो ‘सल्टाइ ग्यालरी’ र ‘सल्टाइ हब’  

काठमाडौं- सेराले नेपालमा नयाँ ‘सेरा सल्टाइ ग्यालरी’ र ‘सेरा सल्टाइ

बालेन सरकारले सुशासनको योजना अघि सारेपछि तर्सिए पुँजीबजारका कारोबारी, निरन्तर ओरालो लाग्यो नेप्से

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ सरकारले शासकीय सुधारको कार्यसूची अघि सारेपछि

प्रधानमन्त्री आए, कुर्सीमा बसे : माननीयज्यूहरू आउँदा खुसी लाग्यो भने, अरू केही बोलेनन्

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह त्यसै पनि कम बोल्ने नेतामा पर्छन्