शासक होइन, सहजकर्ताको भूमिकामा छु : मन्त्री पाण्डे  « Khabarhub

शासक होइन, सहजकर्ताको भूमिकामा छु : मन्त्री पाण्डे 


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आफूलाई शासक नभई सहजकर्ताको रूपमा प्रस्तुत गर्नेमा सचेत रहेको बताएका छन् ।

विहीबार मन्त्रालयमा आयोजित कर्मचारी बैठक तथा तीज विशेष शुभकामना कार्यक्रममा उनले भने, ‘म तपाईंहरूको शासक नभई सहजकर्ताको रूपमा कसरी भूमिका निर्वाह गर्न सकिन्छ भन्नेमा सचेत छु। मन्त्री एक्लैले केही गर्न सक्दैन, तपाईंहरूको साथ-सहयोगले मात्रै परिणाम आउँछ।’

मन्त्री पाण्डेले कार्यसम्पादन सम्झौताअनुसार अघि बढे मात्र जनतालाई सेवा प्रवाहमा ठोस उपलब्धि निकाल्न सकिने विश्वास व्यक्त गरे। उनले निरन्तर हुने कर्मचारी हेरफेरका कारण दीर्घकालीन काममा चुनौती आउने बताए।

उनका अनुसार कानुनी संशोधनपछि पर्यटन क्षेत्र उद्योग सरह सेवा–सुविधाले उत्साहित बनेको छ। बजेट सीमितता भए पनि संस्कृति, पर्यटन र नागरिक उड्डयनलाई राष्ट्रकै ठूलो सम्भावना बोकेका आधारस्तम्भका रूपमा अघि बढाउनुपर्ने धारणा उनले राखे। उनले पर्यटन नीति कार्यान्वयनले उत्साह जगाएको, नयाँ हवाई नीति तयारी भइरहेको र कानुनी सुधारका प्रक्रिया निरन्तर अघि बढाइरहेको जानकारी दिए। 

त्यस अवसरमा मन्त्री पाण्डे र सचिव हरिप्रसाद मैनालीबीच आर्थिक वर्ष २०८२-०८३ का लागि कार्यसम्पादन सम्झौता सम्पन्न भएको छ। कार्यक्रममा मन्त्री पाण्डेले कर्मचारीलाई जिम्मेवारीप्रति इमानदार र नतिजामुखी हुन निर्देशन दिए। 

गत वर्ष जर्मनीको बर्लिनमा ‘वर्षको उत्कृष्ट पर्यटन मन्त्री’ सम्मान पाएको, सांस्कृतिक संस्थान नाफामा पुगेको तथा छोटो अवधिमा मन्त्रालयले नीतिगत सुधार अघि बढाएको उपलब्धि स्मरण गर्दै उनले भने, ‘हाम्रो स्वार्थ देश र जनताको हित मात्र हो। अहिले ७७ प्रतिशत कार्यसम्पादन मूल्यांकनसहित चौथो स्थानमा छौं, अब पहिलो बन्ने गरी अघि बढ्नुपर्छ।’

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  ७ : ०४ बजे

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले