तातोपानीमा एक हजारभन्दा कन्टेनर अलपत्र « Khabarhub

तातोपानीमा एक हजारभन्दा कन्टेनर अलपत्र


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

चौतारा– सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित इकोमा गत साउन १८ गतेको पहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा नआउँदा एक हजारभन्दा बढी कन्टेनर अलपत्र परेका छन् । 

कन्टेनर अलपत्र पर्दा दसैँ र तिहार लक्षित सामग्री काठमाडौँ पठाउन नसकिएको हो । तातोपानी भन्सारका कार्यालय प्रमुख राजेन्द्रप्रसाद चुडालका अनुसार सडक बन्द भएपछि तातोपानी क्षेत्र चिनियाँ भूभागमा कन्टेनर अलपत्र परेको बताए। उनले बाटो खुलाउने प्रयास भइरहे पनि अवस्था निकै नाजुक भएको उल्लेख गरे। 

हिमालय सिमापार वाणिज्य सङ्घका अध्यक्ष रामहरि कार्कीले तातोपानीमा एक हजारभन्दा बढी कन्टेनर रोकिएको बताए। 

उनले भन्छन्, ‘दसैँ र तिहारलाई लक्षित गरी आयात गरेको सामान ल्याइएको हो, तातोपानी नाकामा ३० मिटर जतिमा पहिरोका कारण समस्या आएको हो ।’
 

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  ७ : ०९ बजे

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले